दर्ता. न‌: २४५/०६५/०६६

अनलाईन तिजको बिजेतामा पुन, उपबिजेता घर्ति

२७ भाद्र २०७८, बरेङ । हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा रेडियो बिहानी द्वारा सञ्चालित अनलाईन तिज गित कम्पिटिशन सिजन ५ को नतिजा प्रकाशन भएको छ । कला संस्कृतिको संरक्षण, नेपाली नारिहरुको सम्मान, नब प्रतिभाहरुको खोजि गर्ने हाम्रो अभियान, भन्ने नाराका साथ गत साउन २४ गते बाट सञ्चालित अनलाईन तिज गित कम्पिटिशन सिजन ५ को नतिजा आइतबार प्रकाशन  भएको हो ।

कार्यक्रमको फाईनलमा ४ प्रतिस्पर्धीहरु अर्घाखाचिकी सबिना पुन, बागलुङ जैमिनिकी ललिता घर्ति मगर, गुल्मी भुर्तुङकी जुना बस्याल र गुल्मी दिबरुङी हिरा गुरुङले आ आफ्नो प्रस्तुति राखेका थिए ।

 फाईनल प्रस्तुति पश्चात  ५० प्रतिशत भोटको आधारमा र ५० प्रतिशत निर्णायकको मुल्याकनको आधारमा प्रकाशन गरिएको प्रतियोगिता को सचिवालयले जानकारि दिएको छ ।

सामाजिक संजालको मतको आधारमा ४५ अंक र निर्णायक को  ३९ अंक सहित ८४ अंक ल्याउदै अर्घाखाची कि सबिना पुन प्रतियोगिताको बिजेता बन्नुभएको छ। यस्तै मतको आधारमा ५० अंक र निर्णायक को ३२ अंक सहित ८२ अंक ल्याउदै जैमिनी कि ललिता घर्ति उपविजेता बन्नुभएको छ। प्रतियोगिता मा गुल्मी कि जुना बस्याल ले मतको आधारमा ४० र निर्णायक को ३१ अंक सहित ७१  अंक तथा गुल्मीकै हिरा गुरुङ ले मतको आधारमा ३५ तथा निर्णायक को ३० अंक सहित ६५ अंक प्राप्त गर्नुभएको छ। 

प्रतियोगिता मा बिजेता,उपविजेता तथा उत्कृस्ट ४ मा पुग्न सफल प्रतिस्प्रधिलाई नगद,प्रमाणपत्र र मायाको चिनो सहित सम्मान गरिने छ। साथै हरेक बर्ष प्रतियोगिता मा सहभागिता जनाउने बाटाकाचौर कि आकृति रानालाई समेत सम्मान गरिने प्रतियोगिता को सचिवालय ले जनायको छ। प्रतियोगिता मा १ सय ३८ प्रतिस्प्रधिको सहभागिता रहेको थियो ।

« बरेङ ‍ःघर घरमै पुगेर कोरोना संक्रमित खोज्दै «

» झुठ्ठा मुद्दामा कारागार रहेका अखिल नेपाल युवक संघका सदस्यहरु कारागार मुक्त,, राष्ट्रिय जनमोर्चाद्वारा स्वागत । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal