दर्ता. न‌: २४५/०६५/०६६

झुठ्ठा मुद्दामा कारागार रहेका अखिल नेपाल युवक संघका सदस्यहरु कारागार मुक्त,, राष्ट्रिय जनमोर्चाद्वारा स्वागत ।

०३ असोज ०७८ । बागलुङ । राष्ट्रिय जनमाेर्चा बागलुङले २०६४ संबिधान सभा निर्वाचनकाे सिलसिलामा लगाईएकाे झुट्ठा मुद्दामा बागलुङ कारागार रहि  जेल मुक्त हुनु भएका अखिल नेपाल युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मन बहादुर श्रीस जिल्ला सदस्यहरु श्री प्रशाद थापा र अाेमकार श्रीस लाई एक कार्यक्रमका बिच आइतबार   स्वागत गरेकाे छ । 
कार्यक्रममा बाेल्दै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले २०६४ काे निर्वाचनकाे सिलसिलामा लगाईएकाे झुट्ठा मुद्दाले हाम्रा साथीहरूलाई जेल जीवन बिताउन बाध्य पारे पनि उहाँहरुकाे राजनैतिक अास्था झन उच्च बनेकाे बताउनु भयाे । देश, जनता र परिवर्तनकाे पक्षमा लम्किरहेकाे उहाँहरुकाे यात्रा अझै गर्भिलाे हुने बताउदै उहाँहरुकाे अनुपस्थितिले पार्टी संगठनमा पुरा हुन नसकेका जिम्मेवारीहरु अबका दिनमा पुरा हुने समेत बताउनु भएकाे थियाे । कार्यक्रममा  जेल मुक्त हुनु भएका युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मन बहादुर श्रीसले मन्तब्य राख्नु भएकाे थियाे । 

कार्यक्रममा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापा, राष्ट्रिय जनमाेर्चाका जिल्ला सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रशाद शर्मा, राष्ट्रिय जनमाेर्चा जिल्ला सदस्यहरु दिल बहादुर श्रीस, थानेश्वर सुबेदी, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सचिव बिरेन्द्र थापा, रक्तिम सांस्कृतिक परिवार बागलुङका अध्यक्ष दान बहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सचिव तुलबिर श्रीस, युवक संघका जिल्ला सदस्य खगेन्द्र थापा, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तारा प्रशाद शर्मा लगायत नगर तथा वडास्तरीय नेता तथा कार्यकर्ताहरुले अबिर, फूलमाला र खादाले स्वागत गर्नु भएकाे  कार्यक्रमकाे सञ्चालन राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेलले गर्नु भएकाे थियाे ।

« अनलाईन तिजको बिजेतामा पुन, उपबिजेता घर्ति «

» बरेङ गा.पा.मा मनाइयो संविधान दिवस »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal