दर्ता. न‌: २४५/०६५/०६६

सुदला बरेङ बाघकाटे गाजादह सडक दशैं अगावै स्तरोन्नती गरिने ।

०८ आश्विन २०७५, बरेङ । बागलुङको बरेङ गाँउपालिका अन्र्तगत हुग्दिशिरको सुदला देखी बरेङ बाघकाटे हुदैं गाजादह सम्म पुग्ने सडकको स्तरोन्नती गरिने भएको छ । उक्त सडक खण्डमा पर्ने उपभोक्ताहरुको सोमबार बसेको भेलाले नजिकिदै गरेको दशैं अगावै सडक स्तरनोन्नती गर्ने निर्णय गरेको हो ।

भेलाले सडक स्तरोन्नती कार्यलाई सुदला बरेङ र बरेङ गाजादह गरि २ खण्डमा बिभाजन गरि अगाडि बढाउने निर्णय गरेको छ, जसका लागि २ फरक फरक उपभोक्ता समिति गठन गरिएको छ । 

गठित समिति अनुसार टुक बहादुर पुनको अध्यक्षतामा सुदला बरेङ सडक स्तारोन्नती समिति गठन गरिएको छ, जसको अन्य पदाधिकारिहरुमा सचिबमा टेक बहादुर शेरचन, कोषाध्यक्षमा शान्ती भुजेल र सदस्यहरुमा लोक बहादुर क्षेत्री, शान्ती शर्मा, जमुना बिटालु, र पुर्ण बहादुर नेपाली रहेका छन् भने गुप्त प्रसाद काला थापाको संयोजकत्वमा पार्वती ढुङगाना, देबि बि.क., भक्त बहादुर छन्त्याल र खुम बहादुर थापा सदस्य सहितको सडक अनुगमन तथा सुपरिबेक्षण समिति गठन गरिएको छ ।

त्यसैगरि पुर्ण बहादुर पुनको अध्यक्षतामा बरेङ, बाघकाटे, गाजादह सडक स्तारोन्नती समिति गठन गरिएको छ, जसको अन्य पदाधिकारिहरुमा सचिबमा चेत बहादुर थापा, कोषाध्यक्षमा गिता पाध्या र सदस्यहरुमा टिकाराम गलामी, हिरा बहादुर थापा, देबीराम गलामी, सिता छन्त्याल, बिनु पुन र ललित आचार्य रहेका छन् भने मेख बहादुर छन्त्यालको संयोजकत्वमा छत्र बहादुर थापा, ठग बहादुर क्षेत्री, लिला क्षेत्री र मिना कुंवर छन्त्याल सदस्य सहितको सडक अनुगमन तथा सुपरिबेक्षण समिति गठन गरिएको छ ।

बरेङ गाँउपालिकाको यसै आर्थिक बर्ष अन्र्तगतको तेस्रो गाँउसभाबाट बिनियोजित सुदला बरेङ खण्डका लागि रु ३ लाख र बरेङ बाघकाटे गाजादह खण्डको लागी रु ५ लाख बजेट बाट उक्त सडक स्तरोन्नतीको कार्य गरिने बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले रेडियो बिहानीलाई बताए ।

बर्खा याममा परेको अबिरल बर्षाका कारण सडक बिग्रदा यस क्षेत्रका जनताहरुले याता यातमा सास्ती खेप्नु परिरहेकोे छ भने भौगोलिक कठिनाईका कारण यस सडक खण्डको निर्माणले स्थायित्व पाउन सकिरहेको छैन । यस सडक खण्डको निर्माणलाई स्थायित्व प्रदान गर्नका लागी राज्यलेनै महत्वपुर्ण प्राथमिकतामा राख्नुपर्ने तड्कारो आबश्यकता देखिन्छ । 

« बिहानीको सेवाकेन्द्र बिस्तार अभियान जैमिनी न.पा. १० राङखानीमा । «

» गायक तथा संचारकर्मी श्रीसकी मायालु अर्कैकी “बेहुली” बनेपछि »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal