दर्ता. न‌: २४५/०६५/०६६

बरेङ होम आइसोलेसनमा बसेका व्यक्ति फरार

१४ असोज २०७८ । संवाददाता, बरेङ । बरेङ गाउँपालिकामा कार्यरत २६ वर्षीय एक कर्मचारी होम आईसोलेसनबाट फरार भएका छन्  ।
असोज ९ गते एन्टिजीन विधिबाट गरिएको परिक्षणमा उनी सहित ४ जनामा कोरोना भाईरस पुष्टि भएको थियो । बरेङ गाउँपलिकाको कुनै निकायमा जानकारी नगराएर आइसोलेसन बसेको छैठौं दिनमा  ८५९५ नम्बरको गाडीमा बाग्लुङ गएका सङ्क्रमित व्यक्ति लाई  जिल्ला प्रशासनमा उजुरी परेपछी समातेर सम्पर्कमा ल्याई होम आइसोलेसन नै बस्न लगाइएको कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले बताउनुभयो ।
काठमाडौ बिबिएल को परिक्षा भएकाले आफू हिडेको बताए पनि सङ्क्रमित व्यक्तिलाई पठाउने कुनै कानुन नभएको समेत जानकारी गराएर होम आइसोलेसनमा बस्न लगाइएको घिमिरेले बताउनुभयो ।
परीक्षा भए नभएको बुझेर यदि जानै पर्ने भएमा परीक्षा केन्द्रलाई जानकारी गराएर कन्ट्रयाक ट्रेसिङमै परेको गाडीमा जानुपर्ने जिल्लाका स्वास्थ्य प्रमुख राम प्रसाद खनालले बताउनुभयो तर केही भयो भने जिम्मेवारी कोहि नहुने स्वयम् व्यक्तिनै हुनुपर्ने उहाँले बताउनुभयो ।

कानुनत सङ्क्रमण भएको १० दिन अनिवार्य आइसोलेसन बस्नु पर्ने यदि अटेरी गरेमा अध्यादेश अनुसार कारबाही गरि कारागार समेत बस्नुपर्ने हुन्छ तर बिना जनाकारी त्यसरी फरार हुनु केटाकेटीपन भएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत सुर्यलाल विश्वकर्माले बताउनुभयो । सङ्क्रमित व्यक्ती निगरानीमा भएको र छल्ने कार्य गरेमा कारबाही भोग्नुपर्ने अधिकृत विश्वकर्माले बताउनुभयो ।
सङ्क्रमित व्यक्ती भने आफुलाई केही नभएको बताउछन् । कोभिड पुष्टि भएको प्रमाण हुँदाहुँदै बहानाबाजी गर्नु उचित नरहेको र पालिकाको जिम्मेवारी पदमा रहेको व्यक्ती त्यसरी फरार हुनु लज्जास्पद भएको बरेङ गाउँपालिकाले बताएको छ  ।

« बरेङलाई मध्यपहाडी लोकमार्ग सँग जोड्ने सडक खुल्यो «

» राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको प्रशिक्षण भेला सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal