राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको प्रशिक्षण भेला सम्पन्न
१७ असोज २०७८ । बाग्लुङ सम्बाददाता । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङको कार्यकर्ता प्रशिक्षण भेला शनिबार सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष चित्र बहादुर के.सी.को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले गरेका महत्वपूर्ण निर्णयहरु एक वक्तव्य मार्फत सार्वजनिक गरिएको छ ।
जिल्ला समिति बागलुङको तर्फबाट प्रस्तुत संगठनात्मक कार्ययोजना, आर्थिक कार्ययोजना र संघर्षका कार्यक्रम सम्बन्धि प्रस्ताव छलफल सहित पारित गर्दै गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा र संघीयताको खारेजीका लागि संघर्षका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जिल्ला सचिव भिमलाल पोखरेलले बताउनुभयो । यहि असोज २० गते जिल्लाका ५२ स्थानमा एमसीसीको विरोध र व्यथिति, महंगी, अनियमिता, भ्रष्टाचार, विभेदकारी गतिविधीको भण्डाफोर लगाएतका विषयमा कार्यक्रम गर्नका लागि स्थान सहित प्रमुख वक्ता वक्तव्य मार्फत सार्वजनिक गरिएको छ ।
आगामी फागुन मसान्तसम्म सातौं बागलुङ जिल्ला सम्मेलन गरीने भएकाले त्यसलाई सफल पार्नका निमित्त पौष मसान्तसम्म टोल तहसम्म बैठक गरी आवश्यक निर्णय र सदस्यता वितरण गर्ने, माघ १० गतेदेखि २९ गतेसम्म वडा स्तरका भेला गर्ने र फागुन १५ गतेभित्र पालिका तहका सम्मेलन गर्ने निर्णय भएको जिल्ला सचिव पोखरेलले वक्तव्य मार्फत जानकारी गराउनुभएको छ ।
« बरेङ होम आइसोलेसनमा बसेका व्यक्ति फरार «
» ब्रेकिङ न्युज ः धुवाखोलाको कञ्चनीगौडामा जिप दुर्घटना हुदाँ २ जना घाईते »







