दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीको कालिगण्डकीमा जिप दुर्घटना हुदाँ २ जना घाईते ः एकको अबस्था गम्भीर

६ कार्तिक २०७८। दिपेन्द्र परियार। बरेङ।गुल्मीको कालिगण्डकी गाँउपालिका ७ मा जिप दुर्घटना हुदाँ २ जना घाईते भएका छन ।

कालिगण्डकी गाँउपालिका झिरबास बाट बाग्लुङको बरेङगाँउपालिका दाउन्ने जादै गरेको लु २ ज २०२७ नं.को जिप धुवाखोला स्थीत कञ्चनी गौडामा दुर्घटना हुँदा कालिगण्डकी गाँउपालिका ७ धुवाखोलाकी अन्दाजि बर्ष ३२ की पार्बति गुरुङ र चालक बर्ष २७ का सोम दलार्मी घाईते घाईते भएका हुन ।

उकालो बाटोमा गाडिको ब्रेक फेल भएर दुर्घटना भएको गाडिका साहु अमृत भट्राईले रेडियो बिहानी लाई बताउनु भयो । टाउकोमा चोट लागेर घाईते पार्बतिको अबस्था गम्भीर रहेको बिहानी पोलिकिल्नीक ले जानकारी दिएको छ । चालकको अबस्था सामान्य रहेको पोलिकिल्नीकले जनाएको छ ।घाईते दुबै जनाको प्राथमिक उपचार पछि पाल्पा तर्फ लगिएको बिहानी पोलिकिल्नीक ले जानकारी दिएको छ ।।

« ब्रेकिङ न्युज ः धुवाखोलाको कञ्चनीगौडामा जिप दुर्घटना हुदाँ २ जना घाईते «

» कालीगण्डकी गा.पा. पुर्तिघाटमा रक्तिम सास्कृतिक अभियानको भेला सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal