दर्ता. न‌: २४५/०६५/०६६

कालीगण्डकी गा.पा. पुर्तिघाटमा रक्तिम सास्कृतिक अभियानको भेला सम्पन्न

१७ कात्तिक ०७८ । हरिकुमार केसी,गुल्मी ।रक्तिम सास्कृतिक अभियान कालिगण्डकी गाउँपालिका गुल्मीको पालिका स्तरिय  भेला बुधबार गाउँपालिका को केन्द्र पुर्तिघाट बजारमा सम्पन्न भएको छ। 
भेलाको रास्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले उद्घाटन गर्नुभएको थियो। भेलालाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका क्षेत्रीले  आज मुलुकमा ठुला राजनैतिक परिवर्तन भए जनताको जिबनस्तरमा परिबर्तन हुन नसकेको बताउनु भयो। उंहाले आज सम्म भएका हरेक आन्दोलन र परिबर्तन मा रक्तिमको भूमिका अतुलनिय रहेको भन्दै  देशमा मौलाएको  भ्रष्टाचार,ब्यथिति  र व्यक्तिवादी सोच को बिरुद्द कलाकारले सांस्कृतिक चेतना जगाउन आवश्यक रहेको बताउनु भयो। 
भेलालाइ रास्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा कालिगण्डकी गाउँपालिका उपाध्यक्ष तारा थापा,रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य उषा तरामु,राष्ट्रिय जनमोर्चा जिल्ला कमिटि सदस्य पूर्णबहादुर थापा लगाएतले सम्बोधन गर्नुभएको थियो । 
भेला ले यमन पुन अध्यक्ष रहेको  १५ सदस्यीय रक्तिम संस्कृतिक अभियान कालिगण्डकी गाउँपालिका समिति चयन गरेको छ। जसको उपाध्यक्ष मा मदन पुन,सचिब किरण थापा,सह -सचिब पुजा थापा र कोषाध्यक्ष ललिता थापा रहनु भएको छ। समितिका सदस्यहरुमा कल्पना थापा ,पिपला थापा,दिनेश बिक,सपना थापा,अस्मिता पुन,होम बहादुर थापा,बिष्णु बुढा र पुजा थापा रहनु भएको छ।  समितिको दुइ स्थान रिक्त रहेको छ। 
यमन थापाको अध्यक्षता र किरण थापाको संचालन  रहेको कार्यक्रम मा रक्तिम संस्कृतिक अभियानका कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।

« गुल्मीको कालिगण्डकीमा जिप दुर्घटना हुदाँ २ जना घाईते ः एकको अबस्था गम्भीर «

» धारा मा.बि.तंग्रामकाे देउसी भैलाे कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal