दर्ता. न‌: २४५/०६५/०६६

धारा मा.बि.तंग्रामकाे देउसी भैलाे कार्यक्रम सम्पन्न

२२ कार्तिक ०७८ । तङ्ग्राम । धारा माध्यमिक विद्यालयको देउसी भैलो कार्यक्रम सोमबार सम्पन्न भएको छ । धारा माध्यमिक बिधालय काठेखाेला ४ तंग्रामले ``व्यवहारिक तथा व्यवसायिक शिक्षा आजकाे अावश्यकता ! सर्वसुलभ, प्रबिधिमैत्री गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता ´´ !! भन्ने उदघाेषका साथ तत्काल सञ्चालन गरिएको गणित र बिज्ञान बिषयकाे व्यवस्थापन तथा अागामी दिनमा कृषि बिषय सञ्चालनकाे दिर्घकालीन लक्ष्य सहित ०७८ कार्तिक १८ देखि २१ गते सम्म सञ्चालित देउसी भैलाे कार्यक्रम २०७८ कार्तिक २२ गते एक समीक्षा कार्यक्रम सहित सम्पन्न भएकाे हो । कार्यक्रममा बाेल्दै बिधालय व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले धारा मा.बि.ले देउसी भैलाे मार्फत अभिभावकहरुकाे बिच लगेकाे उदेश्यलाई जनताले अनुमाेदन गरेकाे बताउनु भयाे । भैलाे कार्यक्रमलाई अार्थिक उपलब्धि मात्र नभई समाजमा शैक्षिक अभियानकाे रुपमा अगाडि बढाएकाे बताउनु भयाे । मन्तब्यकाे क्रममा अध्यक्ष थापाले भन्नुभयो धारा मा.बि. काे शैक्षिक अभियान अहिले मात्र नभई शुरु देखि नै केहि हुनेले सहयोग गराै, केही नभए पनि क्षमता हुने लाई अध्यन बाट बञ्चित नगराअाैं भन्ने भएकाेले अार्थिक कारणले शिक्षाबाट बञ्चित हुने बिपन्न बिधार्थीकाे सारथि बिधालय बनेकाे बताउनु भयाे । बिधालयकाे अागामी लक्ष्य बारे अध्यक्ष थापाले गणित तथा बिज्ञान बिषयकाे व्यवस्थापन गर्दै अबकाे अावश्यकता भनेकाे व्यवसायिक बिषय भएकाेले बिधालयले कृषि बिषय ल्याउन पहल तथा त्यसकाे व्यवस्थापन गरिने बताउदै  भैलाे कार्यक्रम सान्दार रुपले सफल पार्न सहयोग पुराउनु हुने मुल व्यवस्थापन समितिका सदस्य, सम्पुर्ण बिभागहरु, सहयाेगदाताहरु, विभिन्न रचनात्मक सुझाव दिनु हुने बिधालयका सुभेच्छकहरु, सम्पूर्ण अभिभावक तथा बिधार्थीहर साथै शिक्षाप्रेमी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे । 
कार्यक्रममा बिधालयका प्रधानध्यापक कमला थापाले बिधालयकाे शैक्षिक याेजनालाई सफल पार्न सञ्चालन गरेको ४ दिने देउसी भैलाे कार्यक्रमलाई सहयोगदाताहरुले देखाउन भएकाे उत्साहजनक रुपले सहभागीताले थप हाैसला मिलेकाे बताउदै देउसी भैलाे कार्यक्रममा २० लाख ५९ हजार संकलन भएकाे र सहयाेग रकम थपिने क्रम जारी रहेकाे बताउनु भयाे ।
कार्यक्रममा बिधालयकाे पुर्व अध्यक्ष तिलक थापा, बि.व्य.स. सदस्य लक्षमण पुन, अार्थिक संयाेजक थिर बहादुर राना, काठेखाेला गाउँ कार्यपालिका सदस्य टीका सँगम बि.क., बि.व्य.स. सदस्य बिष्णु कडेल, पुर्व शिक्षक तुलेन्द्र पुन, शिक्षकहरु बिराज भट्ट, कर्ण पुन, लालमति थापा, छबिलाल थापा लगायतले मन्तब्य राख्नु भएकाे थियाे । कार्यक्रम बि.व्य.स. अध्यक्ष अमर थापाकाे अध्यक्षता र शिक्षक तस्लिमा पुनले गर्नु भएकाे थियाे । बिधालयले सञ्चालन गरेको ४ दिने देउसी भैलाे कार्तिक १८ गते साबिक तंग्राम ५, गैराबारी स्थित बिधालयकाे पुर्ब अध्यक्ष ईन्द्र बहादुर थापाकाे घरमा उदघाटन गरि सुरु भएकाे देउसी भैलाे कार्यक्रम साबिक तंग्राम ४, डाेठेडाँडा स्थित गणतन्त्र प्रा.बि.काे प्राङगण र साबिक तंग्राम ३, रदुवा स्थित समाजसेवी सितादेबी थापाकाे घरमा, कार्तिक १९ गते साबिक तंग्राम २, ठुलाेगाउ स्थित समाजसेवी बिष्णु अालेकाे घरमा, साबिक तंग्राम ७, चिबल्ली स्थित समाजसेवी मन बहादुर पुनकाे घरमा र साबिक तंग्राम ४, डाडाँकटेरी स्थित बिधालयका सल्लाह नर बहादुर थापाकाे घरमा, कार्तिक २० गते साबिक तंग्राम ३, काफलबाेट स्थित गण्डकी प्रदेशका माननीय पियारी थापाकाे घरमा र कार्तिक २१ गते साबिक तंग्राम ६, सिर्मात स्थित शिक्षाप्रेमी नर बहादुर पुनकाे घरमा, साबिक तंग्राम ८, रानीकराङ स्थित समाजसेवी बल बहादुर थापाकाे घरमा सम्पन्न हुँदै बिधालयकाे जग्गादाता पृथी थापाकाे घरमा समापन कार्यक्रम सम्पन्न गर्दै १० वटा केन्द्रमा सम्पन्न भएकाे थियोे ।

« कालीगण्डकी गा.पा. पुर्तिघाटमा रक्तिम सास्कृतिक अभियानको भेला सम्पन्न «

» वैदेशिक रोजगार देखि फर्केका बरेङका खत्री बाख्रापालनबाट लाखौं आम्दानी गर्दै »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal