वैदेशिक रोजगार देखि फर्केका बरेङका खत्री बाख्रापालनबाट लाखौं आम्दानी गर्दै
०१ मङ्सिर ०७८ । हरिकुमार केसि, बरेङ । करिब २ दशक भन्दा बढी खाडीका विभिन्न मुलुकमा बिताएर नेपाल फर्कियका बरेङ्ग गाउँपालिका वडा नम्बर ४ सल्यानका पदम बहादुर खत्रीले ब्यबसायिक बाख्रा पालन बाटै बार्षिक लाखौं आम्दानि गर्न थालेका छन्।
देशमा अबसरहरु नदेखेपछि रोजगारीका लागि खाडी पुगेका खत्रीको मन बैदेशिक रोजगारीले पनि बुझाउन सकेन। खत्री भन्छन ’ बिदेशमा पनि सोचेको जस्तो नहुने रहेछ, त्याँहा जति मेहनेत र परिश्रम गर्ने हो भने आफ्नै देशमा पनि केहि गर्न सकिन्छ भन्ने लाग्यो त्यसैले नेपाल फर्कियपछी बाख्रा पालन सुरु गरें। हुन त खत्रीको घरमा परम्परागत रुपमा बाउ बाजेको पाला देखि नै बाख्रा पालन हुदै आएको थियो। बैदेशिक रोजगारीबाट फर्के पछि सोहि परम्परागत बाख्रा पालनलाइ खत्रीले ब्यबसाइक बनाउने सोचका साथ २०७४ शाल देखि करिब ८ लाखको लगानीमा माइला बाख्रा फर्म संचालन गरेको खत्रीको भनाइ छ। उनको बाख्रा फर्ममा अहिले सानाठुला गरि करिब ६० वटा बाख्रा छन्। बार्षिक रुपमा १५ देखि २० वटा सम्म खसीबोका बिक्रि गर्ने खत्रीले करिब ३ लाख रुपैया आम्दानि हुने बताऊँछन । पछिल्लो समयमा बरेङ्ग गाउँपालिकाले वडा नम्बर ४ सल्यानलाई बाख्रा पकेट क्षेत्रको रुपमा समेत बिकाश गरेको छ। खत्री सो कार्यक्रमको अध्यक्ष समेत हुन। कार्यक्रमले सो वडामा खत्री जस्तै धेरैलाइ ब्यबसाइक बाख्रा पालन तर्फ प्रेरित गरेको छ। तर वडामा पशु प्राबिधिक नहुदा भने बाख्रामा लाग्ने रोगहरु पहिचान र औसधि उपचारमा समस्या भएको खत्रीको भनाइ छ।







