दर्ता. न‌: २४५/०६५/०६६

जैमिनी बरेङ सडक खण्ड दैनिक १० घण्टा बन्द हुने,सवारी साधनहरुलाई बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध

१३ मंसिर २०७८ । दिपेन्द्र परियार । जैमिनी बरेङ सडक खण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ । सडक विस्तारको क्रमलाई तिब्रता दिन सोमबार देखि दैनिक बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

जैमिनी नगरपालिका १० राङ्खानीको नाम्दुक देखि बरेङ गाउँपालिका १ धुल्लुबाँस्कोट चित्रेसम्मको सडक स्तरोन्नती गर्ने कार्य भैरहेकाले बन्द गर्नु परेको निर्माणको जिम्मा पाएको रौताखानी धुलीखेल जेभीका साईड ईन्चार्ज खेमराज सुबेदीले जानकारी दिनुभयो । काम गर्ने क्रममा सवारी सञ्चालन गर्दा जोखिम हुने र निरन्तर काम गर्न पनि बाधा पुग्ने भएकाले सवारी बन्द गरेर काम गर्नुपरेको उहाँको भनाई छ ।

अर्को सूचना जारी नभएसम्म सडक बन्द रहने भन्दै उहाँले सवारी साधनहरुलाई बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।

« बाघकाटेमा पिकअप जिप दुर्घटना, १ जना घाईते «

» बरेङमा राजमो प्रवेश गर्नेको लहर, हुग्दिशिर डाँडाकटेरीमा टोल समिति गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal