गायक तथा संचारकर्मी श्रीसकी मायालु अर्कैकी “बेहुली” बनेपछि
जीवन पौडेल, ११ आश्विन २०७५ । लोक गायक तथा संचारकर्मी गोविन्द श्रीसको “बेहुली” नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमार्फत भावुक हुदैँ उनले आफ्नो मायालुले छोडेर अर्कैको सिन्दुर पहिरेको भावलाई व्यक्त गरेका छन् । एउटा युगल जोडी लामो समय सम्म प्रेम जालमा परेर विहे अर्कै संग गरेको पिडा म्युजिक भिडीयो मार्फत व्यक्त गरिएको छ ।
टेक पटेल “उदास” र मञ्जु विकको सब्द सिर्जना र पुरन प्रभातको मौलिक लय रहेको यो म्युजिक भिडियो रंगीन मिडिया प्राली मार्फत हालैमात्र बजारमा सार्वजनिक गरिएको हो । मोहन केसीले निर्देशन गरेको म्युजीक भिडियोलाई मोहन महतोले छायाँकन तथा सम्पादन गरेका हुन । भिडियोमा मोहन केसि, सिमा पोखरेल विनोद सुवेदीको अभिनय रहेको छ ।
पछिल्लो समय मौलीक लोक गीत हराउदै गएको अवस्थामा श्रीसले थुप्रै मौलिक लोकगीतमा स्वर दिएका छन । उनका पछिल्ला समयमा “घिन्न मादल कहाँबज्यो”, “घिन्न मादल कहाँबज्यो भाग दुई” थुप्रै तीज गीत लगाएतका गीत बजारमा उपलव्ध छन् । गीत संगित संगसंगै पत्रकारीतामा लागेका श्रीस मौलिक गीत मार्फत चर्चा बटुल्दै आएका छन् ।
« सुदला बरेङ बाघकाटे गाजादह सडक दशैं अगावै स्तरोन्नती गरिने । «