दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा राजमो प्रवेश गर्नेको लहर, हुग्दिशिर डाँडाकटेरीमा टोल समिति गठन

१५ मङ्सिर ०७८ । हुग्दिशिर । बरेङ गाउँपालिकामा राजमो प्रवेश गर्नेको लहर लागेको छ । गत शनिबार पालिकाको वडा नम्बर १ को एउटा गाउँ  नै प्रवेश गरे सङ्गै मङ्गलबार वडा नम्बर २ हुग्दिशिरको थाप्ले डाडाकटेरीका ३० घर समेत राजमोमा प्रवेश गरेका छन् ।
बरेङ गाउँपालिकाको विकास र समृद्धिका लागि राष्ट्रिय जनमोर्चाले राम्रो काम गरेको भन्दै उक्त पार्टीमा प्रवेश गर्नेको लहर लागेको बताइएको छ ।
 राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रशाद शर्मा, अखिल नेपाल खेलकुद महासंघका प्रेम थापा, अखिल नेपाल युवक संघ बरेङका अध्यक्ष दुर्गा बहादुर थापा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका धन बहादुर के.सी. ले लगाएतको उपस्थितिमा टोल समिति समेत गठन भएको छ । 
राजमोका नेताहरुको प्रशिक्षण पछि खुमराज शर्माको अध्यक्षतामा ५ सल्लाहकार सहित १५ सदस्यीय राष्ट्रिय जनमाेर्चा थाप्ले- डाडाकटेरी टाेल समिति चयन भएको जनमोर्चाले बताएको छ । जसको उपाध्यक्ष तुल बहादुर राना, सचिव गाेबिन्द थापा, सहसचिव जीवन राना, काेषाध्यक्ष तील कुमारी थापा, सदस्यहरुमा कर्ण बहादुर थापा, फतिक थापा, टेक बहादुर थापा, भुमा थापा, तुलचन थापा, रामु थापा, चीन बहादुर थापा, कमल थापा, रमेश थापा र  नर बहादुर थापा रहनु भएकाे छ । समितिकाे सल्लाहकारमा दुर्ग बहादुर थापा, लील बहादुर थापा, धन बहादुर क्षेत्री, डिल बहादुर थापा र ठग बहादुर थापा रहनु भएकाे छ ।

« जैमिनी बरेङ सडक खण्ड दैनिक १० घण्टा बन्द हुने,सवारी साधनहरुलाई बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध «

» घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने अभियान बरेङ गा.पा मा संचालन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal