घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने अभियान बरेङ गा.पा मा संचालन
१६ मङ्सिर ०७८ । हुग्दिशिर । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिलाहिंसा विरुद्ध १६ दिने अभियान संचालन भए सङ्गै बरेङ गाउँपालिकामा बिहिबार एक कार्यक्रम गरि हिंसा अन्त्यको सन्देश प्रवाह गरिएको छ ।
घरैबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौं भन्ने मुल नारालाई आत्मसाथ गर्दै गाउँपालिकाको कार्यालयमा उक्त कार्यक्रम गरिएको थियो ।
हिंसा कहाँ कहाँ हुन्छ, कसले गर्छ, हिंसा नघट्नुका कारण के हुन भन्नेबारे हामी आफँै गम्भीर भएर सोच्नुपर्ने र महिला महिलामा पनि हिंसा छ। जातीय कुरा गर्दा पहिला दलित–दलितभित्रको छुवाछूत अन्त्य हुनुपर्छ भन्ने भनाइ वा यो समस्या हाम्रो हो कि राज्यको हो भन्ने थाहा छैन। महिलाले महिलालाई हिंसा नगर्ने, सम्मान गर्ने आधारहरु चाहिन्छन्। म पनि महिला हो, मैले महिलालाई सम्मान गर्नुपर्छ भन्ने बानी व्यवहार महत्वपूर्ण हुन्छ। महिला हिंसा अन्त्यका लागि महिलाबाटै अभियान सुरु गर्नुपर्ने सुआहाराकी हरिमाया थापाले बताउनु भएको थियो ।
त्यस्तै हामीले आमा, भाउजू, दिदी, बहिनी, छोरीहरुलाई हिंसा हैन, सम्मान गर्न सिक्नु जरुरी छ। घर सल्लाह, कामको बाँडफाँट, माया, प्रेम, आदर सम्मान गर्दै नगर्ने। त्यही व्यवहार हाम्रो बाबाले जे गरे हामी त्यही गर्ने, श्रीमान्को गोडाको पानी खाने चलन कायम छ। यो चलन राम्रो हैन भनेर घरमा वकालत गर्न सक्दैनौँ। रीतिरिवाज र संस्कृति नराम्रो चालचलन जीवितै राखेर महिला हिंसा अन्त्य हुनै सक्दैन। महिला सृष्टिका खानी हुन्। उनीहरुबिनाको जीवन कस्तो हुन्छ भन्ने पुरुषलाई थाहा नभएको हैन। पहिला घरको हिंसा अन्त्य गरौँ, बाबाले आमालाई गरेको हिंसाविरुद्ध वकालत गरौँ। बहिनीहरु, भाउजूहरु, दिदीहरुमा भएकेा हिंसा अन्त्य गरौँ। समाजमा जहाँ महिलामाथि हिंसा हुन्छ, त्यहाँ मिलेर सकारात्मक भावनाले प्रतिकार गरौँ। यो काम हामी सबैको हो। जातीय हिंसा र धनी–गरिबबीचको हिंसालाई कानुनी माध्यमबाट अन्त्य गर्नुपर्ने तर्फ लडन बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले बताउनुभयो ।
हाम्रो पैतृक सम्पत्ति बाबुबाट छोरामा सर्छ तर छोरी र बुहारीमा सर्दैन त्यस तर्फ समेत चासो लिन अधिकृत रानाले आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर दुइका महिला दिदिबहिनीहरु र पालिकाका कर्मचारीको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन बरेङ गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निशा गिरीले गर्नुभएको थियो ।
« बरेङमा राजमो प्रवेश गर्नेको लहर, हुग्दिशिर डाँडाकटेरीमा टोल समिति गठन «
» बेरोजगारको सूचीमा सूचिकृत व्यक्तिहरूलाई एक दिने अभिमुखीकरण »







