बेरोजगारको सूचीमा सूचिकृत व्यक्तिहरूलाई एक दिने अभिमुखीकरण
१६ मङ्सिर ०७८ । हरिकुमार केसि,हुग्दिसिर । बागलुङको बरेङ गाउँपालिका रोजगार सेवा केन्द्रको प्राविधिक सहयोग र पालिकाको वडा नम्बर २ हुग्दिसिरको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बिहीबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि वडा नम्बर २ हुग्दिसिरका करिब ४०० मध्य बाट काम गर्नको लागि प्राथमिकीकरणको आधारमा सूचीकृत भएका ७३ जना बेरोजगार व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बरेङ गाउँपालिका का अध्यक्ष कृष्णप्रसाद शर्मा ले प्रधानमन्त्री रोजगार कार्यक्रम ले पुराना संरचनाको मर्मत सम्भार र संरक्षणमा समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । शर्माले कार्यक्रम मा समावेश बेरोजगार हरुलाई यो अवसरको सदुपयोग गर्दै बरेङ गाउँपालिका को पूर्वाधार विकासमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार व्यक्तिहरूलाई केही समयको लागि रोजगार दिएर काम सिक्ने अवसर सङ्गै विपन्न वर्गका लागि आर्थिक जोहो गर्ने अवसर रहेकाले यसको फाइदा उठाउन आग्रह गर्नुभयो ।
कार्यक्रम मा रोजगार शाखाका प्राविधिक कमल आचार्यले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य, नीति नियम र औचित्य बारे जानकारी दिनुभयो ।
बरेङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गुप्तप्रसाद काला थापा को अध्यक्षता र रोजगार शाखा का प्रमुख केशवराज क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
« घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने अभियान बरेङ गा.पा मा संचालन «
» समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सचेत गराउदै बरेङ ईलाका प्रहरी »







