समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सचेत गराउदै बरेङ ईलाका प्रहरी
१२ पौष ०७८ । दीपेन्द्र परियार, बरेङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी सँग एक दिन कार्यक्रम सोमबार बरेङ बजार स्थित सर्बोदय क्याम्पसमा सम्पन्न भएको छ ।
विद्यालयस्तरका विद्यार्थीहरुलाई शैक्षिक वातावरण, सार्वजनिक स्थानमा हुनसक्ने अभद्र व्यवहार र अपराध नियन्त्रण तथा सामाजिक बिकृती विरुद्ध नेपाल प्रहरीको सुरक्षा जानकारी सम्बन्धी चेतनामूलक कार्यक्रम बरेङका विभिन्न ठाउँमा सम्पन्न भएको छ ।
व्यक्तिको आत्म सम्मानमा ठेस पुर्याउनुका साथै मनोवैज्ञानिक नकरात्मक असर पारी गम्भिर दुर्घटना समेत आउन सक्ने भएकाले अभद्र व्यवहार र हैरानीका विषयमा विद्यार्थीलाई जानकारी गराईएको ईलाकका प्रहरी कार्यालय बरेङ डाँडाका प्रहरी निरिक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो ।
ईलाकका प्रहरी कार्यालय बरेङ डाँडाको मातहतमा पर्ने बरेङक्षेत्रका बिभिन्न माध्यमिकतह सञ्चालीत विद्यालय, स्थानिय तहका कर्मचारी,सामाजिक तथा सामुदायिक सँघ सस्थाहरुमा कार्यक्रम सञ्चालन गरिएको हो । विशेष गरी कक्षा ११÷१२ तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
ईलाकका प्रहरी कार्यालय बरेङ डाँडाको आयोजना ,बरेङ गाँउपालिकाको सहकार्यमा प्रहरी निरिक्षक बुद्धिसागर पुरीको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी,कर्मचारी तथा नागरिकहरुका उल्लेख्य सहभागिता रहेको प्रहरीले जनाएको छ ।
« बेरोजगारको सूचीमा सूचिकृत व्यक्तिहरूलाई एक दिने अभिमुखीकरण «
» दुरुस्त अभिलेख र प्रभावकारी सेवाका लागि स्वास्थ्यकर्मीहरुलाई (HMIS) तालिम »







