दुरुस्त अभिलेख र प्रभावकारी सेवाका लागि स्वास्थ्यकर्मीहरुलाई (HMIS) तालिम
१८ पौष ०७८ । केशबराज क्षेत्री, हुग्दिशिर । बरेङ गाउँपालिकाको समन्वय, स्वास्थ्य शाखा कार्यालय बागलुङको आयोजनामा ४ दिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली(HMIS) तथा आपूर्ति व्यवस्थापन सूचना प्रणाली(LMIS) सम्बन्धी तालिम संचालनका लागू आइतबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गरि सुरुआत गरिएको छ ।
स्वास्थ्य सूचना एवम् आपूर्ति व्यवस्थापन प्रणाली तथा स्वास्थ्य सेवाको तथ्यांक दुरुस्त र अभिलेख अनुसारको प्रतिवेदन गरि सेवा प्रभावकारी बनाउनका लागि उक्त तालिमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाग्लुङ ले जनाएको छ ।
तालिममा बरेङ गाउँपालिका भित्रका स्वास्थ्य सस्थाहरुबाट १७ जना र जैमिनी नगरपालिकाका २ जना गरि १९ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहनेछ ।
आगामी बिहिबार सम्म सन्चालन हुने तालिम अवधिभर पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानका मेडिकल रेकर्डर अफिसर तिर्थराज गौतम,स्वास्थ्य कार्यालय बाग्लुङका क्षय कुस्ठ निरीक्षक देव प्रकाश घिमिरे, तथ्यांक अधिकृत घनश्याम सापकोटा र नासु सुरेश शर्मा पौडेलले सहजीकरण गर्ने पालिकाको स्वास्थ्य शाखाले बताएको छ ।
बरेङ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत पदम बहादुर पुनको अध्यक्षता, स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ निरीक्षक देव प्रकाश घिमिरेको स्वागत र स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक अधिकृत घनश्याम सापकोटाको सञ्चालनमा तालिमको सुरुआत गरिएको हो ।
« समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सचेत गराउदै बरेङ ईलाका प्रहरी «
» खोप लिनबाट वञ्चित नागरिकका लागि साप्ताहिक खोप सेवा सञ्चालन »







