दर्ता. न‌: २४५/०६५/०६६

खोप लिनबाट वञ्चित नागरिकका लागि साप्ताहिक खोप सेवा सञ्चालन

१९ पौष ०७८ । केशब क्षेत्री, बरेङ । बाग्लुङको बरेङ गाउँपालिकाले खोप लिनबाट वन्चित नागरिकका लागि साप्ताहिक खोप सेवा सन्चालन गर्ने भएको छ ।

कोरोना सङ्क्रमणको दोश्रो लहर विश्वभर फैलिरहेको र हाल नयाँ लहर समेत फैलिरहेको सन्दर्भमा बरेङ गाउँपालिकाले १८ वर्ष माथिका नागरिकका लागि हप्ताको एक दिन खोप सेवा प्रदान गर्न लागेको हो ।

प्रत्येक हप्ताको बुधबार पालिका अन्तर्गतको हुग्दिशिर स्वास्थ्य चौकीमा पालिका भित्रका १८ वर्ष माथीमा आम नागरिकले खोप सेवा लिन सक्ने पालिकाले सूचना जारी गरेको छ ।
खोप लगाउन आउने नागरिकले उमेर तथा ठेगाना खुल्ने कागजात साथमा लिएर अनिवार्य मास्कको प्रयोग र भौतिक दुरी कायम गरि स्वास्थ्य सस्थामा जानुपर्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर पुनले जानकारी गराउनुभयो ।
खोप लगाउन आउने नागरिकहरु ५-१० जनाको समुहमा दुरी कायम गरेर आएमा धेरै समय पर्खिनुनपर्ने बताइएको छ । जोनसोन खोपका लागि ५ र कोभिड्सिल्ड तथा अस्ट्राजेनिकाको लागि १० जना बराबरले लाउने गरि खोपको डोज हुने हुनाले खेर नजाओस भनेर समुहमा आउन आग्रह गरिएको हो ।

« दुरुस्त अभिलेख र प्रभावकारी सेवाका लागि स्वास्थ्यकर्मीहरुलाई (HMIS) तालिम «

» राङ्गखानी स्थित बाख्रा फर्ममा आगलागी, १८ भेडाबाख्रा नष्ट »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal