दर्ता. न‌: २४५/०६५/०६६

राङ्गखानी स्थित बाख्रा फर्ममा आगलागी, १८ भेडाबाख्रा नष्ट

२६ पौस २०७८। दिपेन्द्र परियार , जैमिनि नगरपालिका १० राङ्गखानी स्थित बाख्रा फर्ममा आगलागी हुदाँ १८ भेडाबाख्रा नष्ट भएका छन।

आईतबार साझ ५ ः१५ बजे राङखानीको माझगाँउ ठुलो ढुङगामा रहेको राङ्गखानी कृषी तथा पशुपक्षीं फर्ममा बिद्युत सर्ट भएर आगलागी हुदाँ रु ४ लाख बराबरको  क्षति भएको फर्म सञ्चालक जमुना थापा श्रीसले बताउनु भयो  ।

आगलागीमा परेर माउ भेडा ३ ,माउ बाख्रा १०बोका तथा पाठापाठी  ५ गरेर कुल १८ भेडा बाख्रा तथा फर्म पुर्ण रुपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय बरेङडाडाले जानकारी दिएको छ  । थापा श्रीसले करिब ३ बर्ष देखि बाख्रा पालन ब्यबसाय गर्दै आउनु भएको थियो ।

 

« खोप लिनबाट वञ्चित नागरिकका लागि साप्ताहिक खोप सेवा सञ्चालन «

» बरेङका एक शिक्षकमा कोरोना संक्रमण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal