बरेङका एक शिक्षकमा कोरोना संक्रमण
दिपेन्द्र परियार २६ पौस २०७८ ।बरेङ गााउपालिका वडा न ५ का एकजना शिक्षकमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार कोरोना भाईरस सँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको एन्टिजेन बिधिबाट स्वाब परिक्षण गर्दा १ जना बर्ष ५९ का पुरुषमा संक्रमण पुष्टि भएको बरेङ गाँउपालिका स्वास्थ्य साखाले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
संक्रमित पुरुष होम आईसोलेसनमा रहेका छन । सुखौरामा अहिले संक्रमित सँगको सम्पर्कमा आएका नागरिकहरुको निगरानी सुरु गरिएको स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनले जानकारी दिनुभयो । पालिकामा कोरोना संक्रमण को जोखिम सुरक्षा र आबस्यक तयारी बारे भोली मंगलबार बिहान ७ बजे स्थानिय तह कोरोना संक्रमण ब्यबस्थापन समिति बरेङ गाँउपालिकाको आपतकालिन बैठक बस्ने स्वास्थ्य साखा बरेङले जनाकारी दिएको छ ।
« राङ्गखानी स्थित बाख्रा फर्ममा आगलागी, १८ भेडाबाख्रा नष्ट «







