अखिल छैठौँ बागलुङको २३औं जिल्ला सम्मेलन उद्घाटन, बिकृती अन्त्यका लागी जनबादी र बैज्ञानिक शिक्षा ः प्रमुख अतिथि ।
प्रकाश छन्त्याल, गलकोट । ११ आश्विन २०७५ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं बागलुङको २३औं जिल्ला सम्मेलन बाग्लुङको गलकोट नगरपालिका काडेबाँसमा आज उत्घाटन गरिएको छ । बिशाल ¥यालिका साथ गल्कोटको बाँस खोला देखि काँडेबासको शिव माध्यमिक बिद्यालयको प्राङ्गणमा मुल समारोहमा परिणत भएको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि युनियनका केन्द्रिय महासचिब भिमलाल पोखरेलले मैनबत्ती बालेर उद्घाटन गरे ।
उद्घाटन पश्च्चात प्रमुख अतिथिको आशन बाट बोल्दै महासचिब पोखरेलले शिक्षामा लगानी गर्न सरकारले आल ताल गरिरहेको बताए, पोखरेलले शिक्षामा भइरहेको बिकृती अन्त्यको लागि शिक्षा मा आमूल परिवर्तन गर्दै जनवादी र बैज्ञानिक शिक्षा लागू गरिनुपर्ने जसका लागि बिद्यार्थीहरु एक भएर अगाडी बढ्नुु पर्ने धारणा ब्यक्त गरे ।
त्यस्तै विशिष्ट अतिथिको आसन बाट शुभकामना मन्तव्य ब्यक्त गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले अहिले को सरकार बाट कुनै प्रकारको सकारात्मक कार्य हुन नसकेको बताए । अर्का बिशिस्ट अतिथि राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला अध्यक्ष अमर बहादुर थापाले सहि शिक्षाको आर्जन गर्नुको लागी विद्यार्थीहरु बिधालयमा पुगेर मात्र नहुने सरकारले सहि शिक्षा निति बनाउनेतर्फ लाग्न सचेत हुनुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा अखिल नेपाल युवक संघ केन्द्रिय सल्लाहकार तिलक थापा ,प्रगतिशील पत्रकार संघ गण्डकी प्रदेश इन्चार्ज तारा प्रसाद शर्मा ,नेपाल पत्रकार माहासङ्घ जिल्ला सदस्य तथा रेडियो बिहानिका स्टेशन को अर्दिनेटर प्रकाश छन्त्याल ,युरोप नेपाली एकता समाजका सदस्य अनिल सुवेदी, युएई नेपाली एकता समाज पुर्ब अध्यक्ष कृष्ण के.सी., अखिल नेपाल संघ केन्द्रिय प्रतिनिधि टीका राम कडेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा गत साउन महिनामा परेको अविरल बर्षाका कारण घरमा क्षति पुगेका मन बहादुर बि. क. लाई सहयोग स्वरुप नगद साथै उहाँका छोराछोरीको लागी स्टेशनरि सामाग्री वितरण गरेको थियो भने एस इ इ परिक्षामा बागलुङ जिल्लामा उत्कृष्ट जिपिए अंक ल्याउन सफल अनिस्तकार पौडेल ,कुशल पौडेल र नबिना थापा लाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम अखिल छैठौं बागलुङका अध्यक्ष शिव चालिसे को अध्यक्षता, जिल्ला सदस्य मनिष कडेलको स्वागत मन्तव्य तथा उपाध्यक्ष दिलिप बुढाथोकिको सञ्चालनमा सम्पन्न भएको थियो ।
बाग्लुङ जिल्ला भरका ४ नगर पालिका र ६ गाँउपालिका बाट ३ सय २५ जना बिद्यार्थी प्रतिनिधि तथा पर्यबेक्षकका रुपमा सहभागि भएको बन्द सत्रको कार्यक्रम भोलि सञ्चालन हुने संगठनले जनाएको छ । राष्ट्रिय सम्मेलनको संघारमा आयोजना गरिएको बागलुङ जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भोलि सम्पन्न हुने जनाईएको छ ।
« गायक तथा संचारकर्मी श्रीसकी मायालु अर्कैकी “बेहुली” बनेपछि «
» धुल्लुबाँस्कोटका दलित घरपरिवारलाई ग्यालेण्डर मशिन बितरण, आधुनिकीकरण गरिदै परम्परागत आरन । »