दर्ता. न‌: २४५/०६५/०६६

अनुमति लिईसकेका मेला महोत्सब सञ्चालन हुने ः सार्बजनिक कार्यक्रममा खोप कार्ड अनिबार्य

दिपेन्द्र परियार २७ पौस २०७८।बरेङ गाँउपालिकामा तत्कालका लागी वडा बाट अनुमति लिईसकेका मेला महोत्सबहरु निश्चित मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने भएको छ ।

स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्बन गर्दै मेला महोत्सब सञ्चालन गर्न सकिने स्थानिय तह कोरोना संक्रमण ब्यबस्थापन समिति (एल सि एम सि )बरेङ गाँउपालिकाको आपतकालिन बैठकले निर्णय गरेको हो ।

मेलामा सहभागी हुदाँ १८ बर्ष माथि उमेर समुहका नागरिकले पुर्ण खोप लगाएको कार्ड आयोजकलाई अनिबार्य देखाउनु पर्ने ।तथा सार्बजनिक स्थान तथा कार्यक्रममा सहभागी हुदा अनिबार्य खोपकार्ड बोक्नुपर्ने पनि बैठकले निर्णय गरेको छ । तर अर्को निर्णय नहुन्जेल सम्म अब भने मेला तथा महोत्सब नयाँ अनुमति नदिने समेत निर्णय गरेको छ ।

« बरेङमा स्मार्ट लकडाउन ः बिद्यालयहरु तत्काल बन्द नहुने «

» बरेङ कोरोनाको हसपट बन्दै ः परिक्षण गरिएका नमुना मध्ये ५९ प्रतिशतमा कोरोना पुष्टी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal