बरेङ कोरोनाको हसपट बन्दै ः परिक्षण गरिएका नमुना मध्ये ५९ प्रतिशतमा कोरोना पुष्टी
दिपेन्द्र परियार । बरेङ। १२ माघ २०७८। बरेङमा पछिल्लो समय १५ दिनको अबधिमा १ सय ११ जनाको स्वाब नमुना परिक्षण गर्दा ६५ नागरिक कोरोना संक्रमित भएका छन ।
यो सङ्ख्या कुल परिक्षण गरिएका नमुना मध्ये ५९ प्रतिशत रहेको स्वास्थ्य साखा बरेङले जानकारी दिएको छ ।
नागरिकले कोरोना संक्रमणलाई सामान्य रुपमा लिदाँ संक्रमण दर ब्यापक बनेको सरोकारवालाहरुको भनाई छ । बिरामी तथा संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मिहरुनै धमाधम संक्रमित हुन थालेपछि स्वास्थसेवा नै प्रभाबित हुने खतरा बढेको भन्दै बरेङका स्वास्थ्यकर्मिहरुले चिन्ता ब्यक्त गरेका छन ।
“साच्चिकै जाँच गर्ने हो भने स्वास्थ्यका साथीहरू नै बढी प्रभावित छन, खोप लगाएतका कार्यक्रम प्रभावित हुने भएकोले सकस भए मात्र जाँच गर्ने भनिएको छ, बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले भन्नुभयो, अरु सबै तिर नै प्रभाव छ” ।
स्थानिय तह कोरोना संक्रमण ब्यबस्थापन समिति (एल सि एम सि )बरेङ गाँउपालिकाले तय गरेका स्वास्थ्य सुरक्षा मापदण्डहरुको पालना नगर्दा संक्रमण जताततै फैलिन पुगेको बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनको भनाई छ ।
कोरोना संक्रमण ब्यापक फैलिरहेको यहि अबधिमा नागरिकहरुका घरमै धुम्धाम सङ्ग बिबाह भोजभतेर तथा पुजा आजा भएका छन । ठुला ठुला भलिबल खेल हुनु तथा शिक्षित र समाजसेवी ब्यक्तिहरु बाट नै सुरक्षाको मापदण्ड पालना नहुनु पनि कोरोना फैलनुको कारण रहेको सर्वोदय क्याम्पसका आशिक शिक्षण सहायक केशबराज क्षेत्री बताउनुहुन्छ ।
शिक्षकहरु पनि धमाधम संक्रमित भैरहनु भएको छ, माक्सकै भरमा सिमित जनशक्ति बाट परिक्षा सञ्चालन गर्नु परेको छ , महेन्द्र मा.बि सुखौराका प्रधानाध्यापक खिम बहादुर पुनले भन्नुभयो ,बिद्यार्थिहरु समेत संक्रमणको उच्च जोखिममा छन ।
बिगतको तुलनामा बरेङ गाउपालिकामा कोभिड १९ तेस्रो लहरको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । यसको न्युनिकरणका लागी आम नागरिक सचेत हुनुपर्ने देखिन्छ । यो समाचार तयार पार्दा सम्म बरेङमा ५२ जना सक्रिय संक्रमित रहेका छन भने यो अबधिमा १३ जना संक्रमण मुक्त भएका छन ।
« अनुमति लिईसकेका मेला महोत्सब सञ्चालन हुने ः सार्बजनिक कार्यक्रममा खोप कार्ड अनिबार्य «
» सल्यान सुखौरामा उमेर ८४ सम्मान तथा फरक क्षमता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता »







