दर्ता. न‌: २४५/०६५/०६६

सल्यान सुखौरामा उमेर ८४ सम्मान तथा फरक क्षमता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता

दिपेन्द्र परियार ४ फाल्गुन २०७८। उमेर ८४ सम्मान तथा अपाङगता ग र घ बर्गका लागी सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम बरेङ गाँउपालिकाको सल्यान र सुखौरामा सम्पन्न भएको छ ।

बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले गाँउपालिकाको वडा न ५ सुखौराका ८४ बर्ष उमेर पुगेका ४ जना जेष्ठ नागरिक हरु लाई न्यानो कम्बल तथा १० जना तथा वडा न ४ सल्यानका ९ जना जेष्ठ नागरिकहरु लाई न्यानो कम्बल र १४ जना फरक क्षमता भएका नागरिकलाई रु २ हजार नगद रकम प्रदान गरेर सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष पुनले नेपाल सरकारले क र ख बर्गको अपाङगताको कार्ड प्राप्त गर्ने नागरिकलाई रकम प्रदान गरेर सम्मान गर्दै आईरहेको बताउदै ग र घ बर्गका नागरिकलाई पनि स्थानिय सरकारले थोरै रकम भएपनि प्रदान गरेर सम्मान गर्न लागेको बताउनु भयो । 

बरेङ गाँउपालिका वडा न ५ का वडा अध्यक्ष अमर सेरपुर्जाले गाँउपालिकाले अपाङता भएका नागरिकलाई पनि समाजमा सम्मान पुर्बक बाच्ने अधिकारको सुनिश्चीत गर्नका लागी बिगतका बर्षहरुमा बिभिन्न सिपमुलक कार्यक्रमहरु प्रदान गरेपनि बिभिन्न समस्याका कारण प्रभाबकारी बन्न नसकेको भन्दै उहाँहरुको माग र चाहना अनुसार रकम प्रदान गरेर सम्मान गरेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष लिल बहादुर क्षेत्रीले फरक क्षमता भएका र जेष्ठ नागरिकहरुको लामो अनुभब समाज बिकासका लागि गोरेटो भएको भन्दै उहाँहरुको अनुभबको आधारमा पालिकाले भाबि योजना तथा कार्यक्रमहरु तय गर्ने बताउनु भयो ।

« बरेङ कोरोनाको हसपट बन्दै ः परिक्षण गरिएका नमुना मध्ये ५९ प्रतिशतमा कोरोना पुष्टी «

» बरेङमा खोलेसागको ब्यापार -एक सिजनमा ५० हजार आम्दानी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal