दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा खोलेसागको ब्यापार -एक सिजनमा ५० हजार आम्दानी

दिपेन्द्र परियार।५ फागुन २०७८। बागलुङको बरेङ गाँउपालिकाका एक किसानले पाँच सयको धान नफल्ने ठाउँमा खोलेसागको खेति गरेर ५० हजार बढी आम्दानी गरेका छन् । बरेङ गाउँपालिका ४ सल्यान थप्लुङका खडक कुमार पुनले खोलेसागको व्यवसायिक खेति गरी आम्दानी गर्न थाल्नुभएको हो । 

एक पटक लगाएपछि विना मेहनत आम्दानी गर्न सकिने भएकाले यसको खेति गरिएको कृषक पुनले बताउनुभयो । “नियमित पानी भएको ठाउँमा यसलाई रोपेपछि एक महिनामै खान तयार हुन्छ” कृषक पुनले भन्नुभयो “तरकारी खानको लागि यो साग निकै मिठो हुन्छ यस कारण पनि यसको खेति बढाएको छु ।” 

धान रोप्दा पाँच सयको पनि नफल्ने ठाउँमा खोलेसाग रोपेर एक सिजनमा करिव ५० हजारको आम्दानी गर्न सफल भएको उहाँको भनाई छ । उहाँले उब्जनी गर्नुभएको साग किन्न घरमा नै ग्राहकहरु आउने गरेका छन् । एक मुठाको ५० रुपैयाँमा बिक्रि हुने खोलेसागले कब्जियत, कुपोषण, आँखाको समस्या भएकाहरुको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने कृषक पुन बताउनुहुन्छ । 

यो साग विशेष गरी मंसिर देखि चैतसम्म हुने गर्दछ । एक सिजनमा कम्तिमा पनि ४ देखि ६ पटक सम्म काटेर बेच्न सकिने कृषक पुनको भनाई छ । यो साग एक पटक काटेपछि निरन्तर पानी भैरहेमा एक महिना नपुग्दै फेरि काटेर बेच्नेबेला हुन्छ । 

थोरै ठाउँमा काट्दा पनि धेरै मुठा बनाउन सकिने यो सागको माग बजारमा पनि अत्याधिक रहेको खडककी श्रीमती नर्मदा राना पुनले बताउनुभयो । “नजिकै गुल्मीको शान्तिपुर बजार पनि छ, खोलेसाग बेच्नका लागी हामी बजार पनि जानु पर्दैन नर्मदाले भन्नुभयो, ग्राहकहरु साग खोज्दै घरमा नै आउने गरेका छन” । बजारमा किन्दा महंगो समेत पर्ने र ताजा पनि नहुने भएकाले किसानको घरमा नै ग्राहक पुग्ने गरेका पुन दम्पतिको बुझाई छ । 

विशेषगरी सिमसार र खोल्साखाल्सीमा पाइने यो साग पानी भएको ठाउँमा एक पटक रोपेपछि एक सिजन टिप्न सकिन्छ भने यसलाई फुल्न दिएमा यसको बिउ पनि उत्पादन गर्न सकिन्छ 

« सल्यान सुखौरामा उमेर ८४ सम्मान तथा फरक क्षमता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता «

» लिउवा स्थित शिवमन्दिरमा भक्तजनको घुइँचो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal