दर्ता. न‌: २४५/०६५/०६६

लिउवा स्थित शिवमन्दिरमा भक्तजनको घुइँचो

दिपेन्द्र परियार।१८ फागुन २०७८। शिवरात्रिको अवसरमा बागलुङको बरेङ गाँउपालिकाका १ लिउवा स्थित शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

बिहान देखि नै शिवको पूजा गर्न दर्शनार्थीहरु मन्दिर आएका थिए । शिवरात्रिलाई लक्षित गर्दै चालु आर्थिक बर्षमै मन्दिर निर्माण गरेर शिव पार्बतीको मुर्ति स्थापना गरिनुका साथै मन्दिर क्षेत्रलाई सिँगारिएको सिर्जनशिल आमासमुहकी अध्यक्ष लिलादेवी पाध्याले बताउनु भयो । उनका अनुसार शिबरात्रिको अबसर पारेर जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना तथा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले रिबन काटेर मन्दिरको उद्धघाटन गर्नु भएको थियो ।

मन्दिरमा दिन भरिनै पुजाआजा गर्ने भक्तजनहरुको घुईचो लागेको थियो भने भजन कृतन समेत प्रश्तुत गरिएको थियो 

शिवरात्रिका अवसरमा बरेङ गाँउपालिकामा विभिन्न ठाउँका शिवमन्दिरहरुमा पूजापाठ तथा मेला लाग्ने गर्दछ ।

« बरेङमा खोलेसागको ब्यापार -एक सिजनमा ५० हजार आम्दानी «

» राष्ट्रिय जनमोर्चा बागलुङको प्रशिक्षण भेला उदघाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal