राष्ट्रिय जनमोर्चा बागलुङको प्रशिक्षण भेला उदघाटन
२०७८ फागुन २० राष्ट्रिय जनमोर्चा बागलुङको २ दिने प्रशिक्षण भेलाको राधाकृष्ण हल बागलुङ बजारमा उदघाटन कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण भेलाको उदघाटन प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले गर्नु भएको थियो । उदघाटन मन्तब्यको क्रममा प्रमुख अतिथि महासचिव मनोज भट्टले अहिले देशको राष्ट्रियता कमजोर बन्दै गएको अवस्थामा झन ःऋऋ जस्तो राष्ट्रघाती सम्झौता पारित गरेर गम्भीर राष्ट्रघात गरेको बताउनु भयो । प्रतिगमण बिरुद्ध संघर्षमा बनेको ५ दलिय गठबन्धन भित्रका पार्टीहरुले राष्ट्रियताको बिषयमा अडान लिन नसक्दा ःऋऋ को पक्षमा उभिएकोले गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरीएको बताउनु भयो । राष्ट्रिय जनमोर्चा राष्ट्रियता र जनजिबिकाको सवालमा कुनै पनि सम्झौता गर्न नसक्ने बताउदै प्रतिगमन बिरुद्ध साथै राष्ट्रियताको आन्दोलन लाई सशक्त बनाउन सबैलाई आव्हान गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह ईन्चार्ज गौरीश्वर पाण्डे, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सहसचिव तथा गण्डकी प्रदेश मामिला सभापति माननीय खिम बिक्रम शाही, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, लक्ष्मी बास्कोटा, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, ने।क।पा। मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र दत्त ढकाल, युगदर्शन प्रा।लि।का व्यवस्थापक हरिकान्त शर्मा लगायतले भेला सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापा, केन्द्रीय सदस्य दिल बहादुर दर्जी, लिलादेबि शर्मा, गण्डकी प्रदेश सचिव बेदीलाल सापकोटा, सल्लाहकार टंक केसी, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका पुर्व सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन बन, अखिल छैठौंका केन्द्रीय कोषाध्यक्ष प्रतिभा आचार्य, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारी, अखिल नेपाल किसान संघ बागलुङका अध्यक्ष नेत्र बुढाथोकी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य धन बहादुर कुँवर, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तारा प्रशाद शर्मा, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष ओम पुन, जातीय समता समाज बागलुङका कोषाध्यक्ष राम कुमार बिक, अखिल छैठौं बागलुङका अध्यक्ष गणेश सापकोटा लगायतका आतित्थयता रहेको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता, सचिव भिमलाल पोखरेलको सञ्चालन र उपाध्यक्ष धर्म कुँवरको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । २० र २१ गते २ दिन सम्म सञ्चालन हुने जिल्ला प्रशिक्षण भेलामा विभिन्न राजनैतिक बिषयमा प्रशिक्षण हुनुका साथै ०७९ बैशाख ३० मा सम्पन्न हुने स्थानिय निर्वाचन सम्बन्धी बिषयमा निर्णय समेत हुने छ ।







