दर्ता. न‌: २४५/०६५/०६६

एमाले बरेङ गाउँ कमिटी बागलुङको प्रथम अधिवेशन ः एमसिसी सम्झौता लाई व्याख्यात्मक घोषणा सहित पारित गरेर प्रचण्ड र माधव नेपालले आफ्नो लाज छोपे ः गुरुङ

हरिकुमार क्षेत्री २१ पmागुन २०७८।बरेङ ।शनिबार अधिवेशनको गण्डकी प्रदेशका पूर्व मुख्यमंत्री तथा नेकपा एमालेका उप महासचिव पृथ्बी सुब्बा गुरुङले एमसिसी सम्झौता लाई व्याख्यात्मक घोषणा सहित पारित गरेर प्रचण्ड र माधव नेपालले आफ्नो लाज छोपेको बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टी बरेङ गाउँ कमिटी बागलुङको प्रथम अधिवेशन तथा जनसभामा बोल्दै  गुरुङले माओवादी र समाजवादी ले कार्यकर्ता लाई सडकमा एमसीसी को बिरुद्ध उतार्ने र गठबन्धनमा एमसीसि पारित गर्न सहमति गर्ने जस्तो दोहोरो चरित्र देखाएको आरोप लागाउनु भयो ।

यस्तै कार्यक्रम मा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै नेकपा एमाले का पोलिटब्युरो सदस्य तथा खेलकुद विभाग प्रमुख लीलाबहादुर थापाले सम्बोधन गर्दै बरेङ गाउँपालिका पञ्चायती व्यवस्थाको समयमा निरंकुश शासन को विरुद्ध कडा प्रतिकार भएको ऐतिहासिक स्थल भएको भन्दै अब देश र जनताको पक्षमा एकजुट हुन पर्ने बेला आएको बताउनु भयो ।

नेता थापाले राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज उठाउने राष्ट्रवादी र विकासवादी  एक मात्र पार्टी नेकपा एमाले भएकाले एमाले मा प्रवेश गर्नको लहर चलेको दाबी गर्नुभयो ।

कार्यक्रम मा नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य मनकुमारी केसी,बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपाली,बागलुङ जिल्ला अध्यक्ष हिराबहादुर केसी, बागलुङ जिल्ला पूर्व कार्यवाहक अध्यक्ष कृष्ण पाठक लगाएतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

अधिवेशन बाट झोम बहादुर थापा को नेतृत्वमा ५१ सदस्यीय नेकपा एमाले बरेङ गाउँ कमिटी सर्वसम्मत घोषणा गरिएको छ ।

« राष्ट्रिय जनमोर्चा बागलुङको प्रशिक्षण भेला उदघाटन «

» बरेङ गाउँपालिकामा हातिपाइले रोग सम्बन्धी योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal