बरेङ गाउँपालिकामा हातिपाइले रोग सम्बन्धी योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न
दिपेन्द्र ।परियार २४ फाल्गुन २०७८। हातिपाइले रोग बिरुद्ध औषधि सेवन अभियान अन्तर्गत बागलुङको बरेङ गाउँपालिकामा एक दिने गाउँपालिका स्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम बरेङ गाउँपालिका को स्वास्थ्य साखाले गरेको थियो । बरेङ गाउँपालिकाका प्रमुख कृष्ण प्रसाद शर्माको सभापत्तित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमम कार्यपालिका सदस्यहरु वडाध्यक्ष हरु बिद्यालयका प्रधानाध्यापकहरु र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
हातिपाइले रोगको बारेमा बिभिन्न जानकारी कार्यक्रममा गराईएको थियो । कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने , सबैलाई औषधी सेवन कसरी गर्ने, हातिपाइले को औषधी सेवनले पार्ने सामान्य असरहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
हात्तिपाइले रोगका बारेमा फैलिएका बिभिन्न नकरात्मक भ्रम चिन्न शिक्षक बिद्यार्थि ,समाजसेवी, बिभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भएकाले यो कार्यक्रम गरिएको स्वास्थ्य शाखाले जनाएको छ । तालिमको बरेङ गाउँपालिका स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनले सहजीकरण गरेका थिए । क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानव शरिरको लिम्फ्याटिक प्रणालीमा असर गरेपछि त्यहाँ अस्वभाबिक बृद्धि हुनु नै हात्तिपाइले रोग लाग्नु हो। यो रोग लागेको ६ देखि १० बर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोग लाग्नु अघिनै औषधी सेवन गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ।
२ बर्ष मुनीका केटाकेटी, गर्भवती एवं सात दिनभित्रका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटुरोगी, कलेजोका रोगी, मिर्गौला रोगी, फोक्सोका दीर्घरोगी, छारे रोग लागेका बिरामी र कडाखाले कुपोषणका रोगी बाहेक सबैले हात्तिपाईले निवारणको औषधी सेवन गर्नुपर्ने हात्तिपाइले रोग निवारण कार्यक्रममा उल्लेख गरिएको छ।
औषधी सेवन गर्दा शरीरमा हात्तिपाईलेको जिवाणु भएकालाई सामान्य पेट दुख्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, पखला लाग्ने, अल्छी लाग्ने लगायतका सामान्य असर देखिए पनि एक दिनभित्रै यस्ता असर आफै हराएर जाने शाखाले जनाएको छ।
» बरेङमा स्वास्थ्य सस्थामा पुगेर सुत्केरी भएका महिलाहरुलाई सम्मान »







