धुल्लुबास्कोटका २ बस्तीमा एकघर एकधारा
दिपेन्द्र ।परियार २४ फाल्गुन २०७८। बरेङ गाँउपालिका वडा न १ धुल्लुबास्कोटका २ बस्तीमा एकघर एकधाराको उद्धघाटन गरिएको छ ।
स्थानिय जनश्रमदान,बरेङ गाउपालिका र नेपाल स्वास्थ्यकालागी पानि नेवा को सहकार्यमा दुबै बस्तीमा खानेपानि आयोजना सम्पन्न भएको हो ।
आज सोमबार धुल्लुबास्कोटको अयरपानि र लिउँवामा दुई छुट्टा छुट्टै कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले रिबन काटेर तथा धाराको टुटि खोलेर उद्धघाटन गर्नुभएकोहो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुङगानाले सुरुका दिनमा आफुले एकघर एक धारा खानेपानि आयोजना जिल्लाभरिनै सञ्चालन गर्नका लागी छलफल चलाएको स्मरण गर्दै बागलुङको दक्षिणका बरेङ गाँउपालिका,जैमिनि नगरपालिकाका बिभिन्न ठाँउका बस्तीहरुमा नेवा सँगको सहकार्यमा ठुलाठुला खानेपानि आयोजनहरु सञ्चालनमा रहेको बताउनु भयो ।
नेपाल सरकारबाट सञ्चालनमा रहेका खानेपानि आयोजनहरुको कार्यमा ढिलासुस्ती र गुणस्तरहिन काम हुने भन्दै नेवा सँगको सहकार्यमा सञ्चालन हुने आयोजना हरु गुणस्तरिय र छिटो छरितो हुने बताउनुभयो ।
बरेङगाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले आफ्ना नागरिकहरुको घरदैलोमा शुद्ध सफा खानेपानि पु¥याउन निरन्तर लागिरहेको बताउनु भयो । पुरानो खानेपानी योजना जीर्ण भएपछि गाउँमा पानी समस्या बन्दै गएको र त्यसको समाधान गर्न नेवासँग माग गरेको शर्माको भनाई छ ।
नेवाका योजना अनुगमन तथा मुल्याङकन अधिकृत बिनोद कोईरालाले योजनाहरुको लागत तथा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका योजनाहरुको दिगोपनाको लागी स्थानियहरुले गर्नुपर्ने कार्यहरुको बारे बताउनु भएको थियो ।
अयरपानीमा ८ वटा मुहानबाट पानि संकलन गरेर ३२ घरधुरीमा शुद्ध पिउने पानी पु¥याएको छ यो योजना बाट २ सय ७२ जना लाभान्वीत भएका छन भने लिउवामा ८६ धारा सञ्चालनमा रहेका छन भने ५सय २८ जना लाभान्वीत भएको नेवाका योजना अनुगमन तथा मुल्याङकन अधिकृत बिनोद कोईरालाको भनाई छ । आफ्नै घरको धाराबाट खानेपानी उपभोग गर्न पाउँदा अयरपानि तथा लिउवाका स्थानिय खुसी भएका छन्। एउटै धाराबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले दुबै गाउँमा एक घर एक धारा निर्माण भएको हो।
« बरेङमा स्वास्थ्य सस्थामा पुगेर सुत्केरी भएका महिलाहरुलाई सम्मान «
» राष्ट्रिय जनमोचाको स्थानिय तह चुनावी भेला कालीगण्डकी गाउँपालिकामा सम्पन्न »







