दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोचाको स्थानिय तह चुनावी भेला कालीगण्डकी गाउँपालिकामा सम्पन्न

दिपेन्द्र ।परियार २४ फाल्गुन २०७८। राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला कार्यसमितीको आयोजना मा स्थानिय तह चुनावी भेला कालीगण्डकी गाउँपालिका को सभाहल कनौता मा सम्पन्न भएको छ ।

कार्यक्रमको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उद्घाटन गर्नुभयो  ।

कार्यक्रम लाई सम्बोधन गर्दै महासचिव भट्टले अहिले देशको राष्ट्रियता कमजोर भएको भन्दै राष्ट्र र राष्ट्रियताको पक्षमा राष्ट्रिय जनमोर्चा दृढता पूर्वक उभिएको बताउनु भयो  । उहाँले केही प्रतिगामी शक्तिहरू देशमा प्राप्त उपलब्धि उल्ट्याउने कुचेष्टा गरिरहेको भन्दै त्यसको रक्षाको लागि एकजुट हुनुपर्ने बेला आएको बताउनु भयो ।

यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सचिव हिमलाल पुरि ले अहिले ठूला भनिने पार्टीहरू ले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गरेको भन्दै यस्ता राष्ट्र र जनविरोधी क्रियाकलाप को बिरोध गर्दै आफ्ना एजेण्डाहरु लिएर जनताको बीचमा जानुपर्ने बताउनु भयो । 

कार्यक्रम मा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता माननीय पियारी थापा,राष्ट्रिय जनमोर्चा का केन्द्रीय सदस्य रामकुमार क्षेत्री,कालीगण्डकी गाउँपालिका का उपाध्यक्ष तथा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तारा थापा,नेकपा मसाल गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवर,नेपाल शिक्षक संघका प्रतिनिधि कृष्ण ढकाल,प्रगतिशील पत्रकार संघ गुल्मीका अध्यक्ष हरि न्यौपाने लगाएतले  सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्षता र छविलाल सर्तुङ्गी को सञ्चालनमा सम्पन्न भएको थियो ।

« धुल्लुबास्कोटका २ बस्तीमा एकघर एकधारा «

» प्रगतिशील पत्रकार संघ गुल्मीको भेला सम्पन्न नयाँ कार्य समिति चयन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal