दर्ता. न‌: २४५/०६५/०६६

१ सय १२ औ नारी दिवस बरेङमा भब्य कार्यक्रमका साथ मनाईयो

दिपेन्द्र परियार २४ फागुन २०७८ । सामाजिक न्याय र लैंगिक समानता दिगो बिकासको सुनिश्चिता भन्ने नाराका साथ १सय १२औ नारि दिवस बागलुङको बरेङमा भब्य कार्यक्रमका साथ मनाईएको छ ।

कर्यक्रममा बोल्दै कार्यक्रमकी अध्यक्ष तथा बरेङगाउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले दिगो बिकास र समृद्धिका लागि लैंगिक समानता तथा सामाजिक समाबेशीकरण  अपरिहार्य रहको बताउनु भयो । गाँउपालिकाले सञ्चालन गरेका हरेक कार्यक्रममा महिलाहरुको सक्रिय सहभागी रहेको भन्दै गाउपालिकाले संचालन गरेका महिला शसक्तिकरणका कार्यक्रमहरु सफल रहेको दावी गर्नु भयो । गाँउपालिकाबाट सञ्चालन भएका एकघर एक महिला रोजगार,उपाध्यक्ष सँग आमा सम्मान कार्यक्रम,नब बुहारी सम्मान,उज्यालो बालबचत लगाएतका स्वास्थ्य शिक्षा क्षेत्रका कार्यक्रमहरुले पालिका भित्रका महिलाहरुलाई शसक्तिकरण गर्दै नेतृत्व बिकास गर्नमा सकारात्मक प्रभाब पारेको बताउनु भयो ।

समाजमा महिलाहरु बाट पनि महिलाहरुनै पिडित भएको भन्दै महिलाहरुले संबिधान कानुन र राज्यले दिएका अधिकारहरुको सहि सदुपयोग गर्नुपर्ने पुनको भनाई छ ।

कर्यक्रममा सहभागी महिलाहरुलाई प्रशिक्षण दिदै सर्बोदय क्याम्पसका प्रमुख फुलकुमारी शर्माले बिगदका कार्यक्रमको स्मरण गर्दै यसपटकको कार्यक्रमको उपश्थितिले पनि महिलाहरु बिस्तारै सचेत बन्दै आफ्ना हक अधिकारको खोजिमा छन भन्ने पुष्टि हुने बताउनु भयो ।महिलाहरुले आफ्नो अधिकार प्राप्तीका लागी लडेको १सय १२ बर्ष पुगेपनि महिलाहरु अझै अन्न्याय र उत्पीडनमा परेको शर्माको भनाई छ ।

कर्यक्रममा अन्तराष्टिय महिला श्रमिक दिबस बारे जानकारी,बिकास निर्माणमा महिला सहभागीता लगाएतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

बिकासनिर्माणमा महिलाहरुको सहभागिता कमजोर रहेको भन्दै महिलाहरुपनि राजनैतिक रुपमा सक्रिय भएमा मात्रै बिकास निर्माणका कार्यहरुमा महिलाहरुको पहुच पुग्ने शर्माको भनाई छ  ।

कर्यक्रमा बोल्दै बरेङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले बिश्वभरिमै पुरुषको भन्दा पनि महिलाहरुको सङख्या बढि भएपनि उनिहरु सधै अन्यायमा पर्दै आईरहेको बताउनु भयो ।संबिधान र कानुनले महिला पुरुषलाई बराबर अधिकारको सुनिश्चित गरेपनि महिलाहरु शिक्षा,स्वास्थ्य,सम्पति लगाएतका क्षेत्रमा राज्यबाट प्राप्त हुने सबै सेवासुबिधा प्राप्त गर्नबाट बञ्चीत भएको बताउनु भयो ।अधिकार मागेर नपाईने भन्दै त्यसकालागी सबै महिलाहरु एकजुट भएर संघर्स गरेमा आफ्ना अधिकारहरु प्राप्त हुने बताउनु भयो । महिला माथि हुने हिंसा अन्त्यका लागी महिलाहरु आत्मनिर्भर हुनुपर्ने रानाको भनाई छ ।

बरेङगाँउपालिका वडा न २ का अध्यक्ष गुप्त प्रसाद कालाथापाले महिला पुरुष एकै रथका दुई पाङग्रा भएको भन्दै महिला पुरुष एकजुट भएर घर परिवार देखि समाजमा हुने हिंसाको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

कर्यक्रम बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनको अध्यक्षता,वडा न २ र ३ कि सचिब सिमाना छन्त्यालपुनको स्वागत र महिला बालबालिका तथा सामाजिक बिकास साखा प्रमुख निसा गिरिको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै दिबसको अबसरमा नब बुहारी सम्मान कार्यक्रम समेत गरिएको छ । यो कार्यक्रम अन्तर्गत वडा न २ ले वडा भन्दा बाहिर बाट बुहारी बनेर आएकी एलिसा खत्री लाई मायाको चिनो र प्रमाण पत्रले सम्मान गरेको छ । कार्यक्रममा बरेङ गाँउपालिका भित्रका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागि महिलाहरुले महिला सचेतनाका नाराहरु लगाउदै ¥याली समेत गरेका थिए ।

« प्रगतिशील पत्रकार संघ गुल्मीको भेला सम्पन्न नयाँ कार्य समिति चयन «

» बरेङमा बाख्रा पालक किसानलाई ब्लक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाहरुको अन्तक्रिया गोष्टि सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal