बरेङमा बाख्रा पालक किसानलाई ब्लक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाहरुको अन्तक्रिया गोष्टि सम्पन्न
दिपेन्द्र परियार २४ फागुन २०७८ । बरेङ गाँउपालिकाका बाख्रा पालक किसानका लागी ब्लक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाहरुको अन्तक्रिया गोष्टि सम्पन्न भएको छ ।
भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाग्लुङले बरेङ गाँउपालिकाका बाख्रा पालक किसानलाई लक्षित गरेर १५ लाख रकम बराबरको कार्यक्रम गर्ने योजना सहित अन्तक्रिया गोष्टि गरेको हो ।
बाखाको उत्पादन बढाएर मासुमा आत्मनिर्भर बन्दै कृषकको आयआर्जनमा बृद्धि गर्ने उद्धेश्य सहित केन्द्रको बार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा बलक कार्यक्रमबाट नयाँखोर निर्माणका लागी रु ५० हजारका दरले १८ जना लाई,पुराना खोर मर्मतका लागी २५ हजारका दरले १६ जनालाई तथा साना किसानहरुलाई १ लाख ७० हजार र सस्थागत खर्च ३० हजार गरि कुल १५ लाख बराबरको कार्यक्रम गर्न लागीएकोे भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाग्लुङका पशु स्वास्थ्य अधिकृत केशब पौडेलले बताउनु भयो ।
« १ सय १२ औ नारी दिवस बरेङमा भब्य कार्यक्रमका साथ मनाईयो «
» बरेङ गाँउपालिकाको केन्द्र सुदालामा प्रहरी चौकी स्थापना ः बाटाकाचौरमा प्रहरीको आफ्नै भबन »







