दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकाको केन्द्र सुदालामा प्रहरी चौकी स्थापना ः बाटाकाचौरमा प्रहरीको आफ्नै भबन

दिपेन्द्र परियार २५ फागुन २०७८। बरेङ गाँउपालिकाको केन्द्र सुदालामा प्रहरी चौकी स्थापना गरिएको छ ।

आज मंगलबार एक कार्यक्रमका बिच बागलुङका प्रमुख जिल्ला अधिकारी रमेस ढकाल तथा  प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीले नयाँ स्थापना गरिएको सुदाला प्रहरी चौकीकोे उद्ध्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले नेपाल प्रहरीले शान्तिसुरक्षा कायम गर्नकालागी प्रहरी मेरो साथी,मुस्कान सहितको प्रहरी अभियान लिएर अगाडी बढेको बताउदै नागरिक र प्रहरी बिचको सहकार्यबाट मात्रै समाजमा हुने अपराध नियन्त्रण सम्भब रहेको बताउनु भयो । प्रहरी बर्दिसहितको नागरिक र नागरिक बिना बर्दीको प्रहरी भन्दै नागरिक र प्रहरी बिचको सहकार्य बाट मात्रै अपराध नियन्त्रण र सामाजिक सुसासन सम्भब रहेको उहाँको भनाई छ ।

प्रहरी उपरिक्षक ज्ञवालीले अपराध नियन्त्रणमा बागलुङ प्रहरीले कसैसँग सम्झौता नगर्ने र कसैको दबाब प्रभाबमा नपर्ने बताउनु भयो । चुनाब नजिकिदै गर्दा त्यसकालागी आबस्यक तयारीमा जुट्न प्रहरीलाई निर्देशन दिएको इलाका प्रहरी कार्यलय बरेङडाँडाँका प्रहरी निरिक्षक बुद्धिसागर पुरीले बताउनु भयो  । प्रतेक पालिकामा एक प्रहरी चौकी स्थापना गर्ने नेपाल सरकारको योजना अनुरुप पालिकाको केन्द्र रहेको सुदालामा प्रहरी चौकीको स्थापना भएपछि केन्द्र आसपासमा हुन सक्ने अपराधजन्य तथा अवाञ्छित गतिबिधिहरु नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

तत्कालका लागी सामुदायिक भबनमा प्रहरी चौकी स्थापना गरेर सेवा प्रबाह गरेपनि सुदाला प्रहरी चौकीका लागी जग्गाको ब्यबस्थापन भैसकेको र छिट्टै भबन निर्माण गरेर आफ्नै भबन बाट सेवा प्रदान गर्ने बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भयो ।

त्यस्तै वडा न ३ बाटाकाचौर स्थित प्रहरी चौकीभबनको समेत उद्धघाटन गरिएको छ । यस अघि बाटाकाचौर प्रहरी चौकी भाडामा बस्दै आएकोमा अहिले आफ्नै भबनमा सरेको छ ।

« बरेङमा बाख्रा पालक किसानलाई ब्लक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाहरुको अन्तक्रिया गोष्टि सम्पन्न «

» राजमो बरेङ ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal