दर्ता. न‌: २४५/०६५/०६६

राजमो बरेङ ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सुरु

दिपेन्द्र परियार २६ फागुन २०७८ ।राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सुरु भएको छ ।

आज बिहिबार राजमो बाग्लुङका जिल्ला सचिवालय सदस्य तथा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भेलाको उद्धघाटन गर्नुभयो ।

कर्यक्रममा बोल्दै राजमो बाग्लुङका जिल्ला सचिवालय सदस्य तथा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले निर्बाचनको समयमा मान्छेहरु खरिब बिक्रि गरेर निर्बाचनलाई आफ्नो पोल्टामा पारेर  जनताको मत को दुरुपयोग गर्न लागिपरेको बताउनु भयो । 

बरेङको हकमा राष्ट्रिय जनमोर्चा पहिलो शक्ति भएको र जनमोर्चालाई कमजोर बनाउन बिपक्षीहरुले केहि ब्यक्तिहरुलाई भौतिक बस्तु जस्तै खरिद बिक्री गर्न थालेको बताउनु भयो ।

स्थानिय सरकार चलाएको यो ५ बर्षमा राष्ट्रिय जनमोर्चाले बरेङ गाँउपालिकाका कार्यहरु गण्डकी प्रदेसमै उत्कृट रहेको बिपक्षी पार्टिले पनि स्वीकारेको अबस्थामा कार्यकर्ताले आफ्नो सिर उच्च पारेर पार्टिका निति कार्यक्रम र योजनाहरु जनताको बिचमा लिएर जान आग्रह गर्नुभयो ।

केहि थान बल र जालि दिएर बर्षौ पहिले पार्टि प्रबेस गराएका एउटै ब्यक्तिलाई पटक पटक टिका लगाएर नेकपा एमालेका नेताले जनतामा झुटो भ्रम छर्न खोजेको शर्माको भनाई छ ।

बरेङ गाँउपालिकाको बाटाकाचौरमा राष्ट्रिय जनमोर्चाको संगठनमा कुनै असर नगरेको राजमो बाटाकाचौरका वडा अध्यक्ष पृथ्बी बहादुर पुनले रिर्पोट गर्नुभयो । बाटाकाचौर बाट लिला बहादुर थापा सँगै गएका केहि ब्यक्तिहरुलाई लगेर जनमोर्चाबाट प्रबेस गरेको भनेर नेकपा एमाले बरेङले भ्रम छरेको बताउनु भयो । कार्यक्रम जारि छ ।

« बरेङ गाँउपालिकाको केन्द्र सुदालामा प्रहरी चौकी स्थापना ः बाटाकाचौरमा प्रहरीको आफ्नै भबन «

» राजमो बरेङ ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal