दर्ता. न‌: २४५/०६५/०६६

राजमो बरेङ ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सम्पन्न

दिपेन्द्र परियार २७ फागुन २०७८ ।राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सम्पन्न भएको छ ।

आज बिहिबार राजमो बाग्लुङका जिल्ला सचिवालय सदस्य तथा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भेलाको उद्धघाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै राजमो बाग्लुङका जिल्ला सचिवालय सदस्य तथा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिलेको राज्य ब्यबस्थाबाट जनताको सबै समस्या समाधान नभएता पनि यो ब्यबस्थाको उपयोग गरेर त्यहाँ भित्रहुने अनियमितता भष्ट्राचार र घुसखोरी जस्ता गलत कृयाकलापको जनता सामु भण्डाफोर गर्नका लागी पार्टिले निर्बाचनको उपयोग गरेको बताउनु भयो । 

बरेङको हकमा राष्ट्रिय जनमोर्चा पहिलो शक्ति भएको र जनमोर्चालाई कमजोर बनाउन बिपक्षीहरुले केहि ब्यक्तिहरुलाई भौतिक बस्तु जस्तै खरिद बिक्री गर्न थालेको बताउनु भयो ।

निर्बाचनको समयमा मान्छेहरु खरिब बिक्रि गरेर निर्बाचनलाई आफ्नो पोल्टामा पारेर  जनताको मत को दुरुपयोग गर्न लागिपरेको बताउनु भयो । 

जनता सँग प्रतक्ष जोडिने तह स्थानिय तह भएको बताउदै आउदो निर्बाचनको तयारीमा सबै कार्यकर्ताहरुलाई एकजुट भएर लाग्न निर्देशन दिनुभयो ।

स्थानिय सरकार चलाएको यो ५ बर्षमा राष्ट्रिय जनमोर्चाले बरेङ गाँउपालिकाका कार्यहरु गण्डकी प्रदेसमै उत्कृट रहेको बिपक्षी पार्टिले पनि स्वीकारेको अबस्थामा कार्यकर्ताले आफ्नो सिर उच्च पारेर पार्टिका निति कार्यक्रम र योजनाहरु जनताको बिचमा लिएर जान आग्रह गर्नुभयो ।

केहि थान बल र जालि दिएर बर्षौ पहिले पार्टि प्रबेस गराएका एउटै ब्यक्तिलाई पटक पटक टिका लगाएर नेकपा एमालेका नेताले जनतामा झुटो भ्रममा पारेको शर्माको भनाई छ । पार्टिमा आस्था राखेकै कारण वा ब्यक्तिगत रुपमा नजिक भएकै कारण पदको दुरुपयोग गर्दै कसैलाई पनि राज्यको सेवासुबिधा प्रदान नगरेको शर्माको भनाई छ ।

बरेङ गाँउपालिकाको बाटाकाचौरमा राष्ट्रिय जनमोर्चाको संगठनमा कुनै असर नगरेको राजमो बाटाकाचौरका वडा अध्यक्ष पृथ्बी बहादुर पुनले रिर्पोट गर्नुभयो । बाटाकाचौर बाट लिला बहादुर थापा सँगै गएका केहि ब्यक्तिहरुलाई लगेर जनमोर्चाबाट प्रबेस गरेको भनेर नेकपा एमाले बरेङले भ्रम सिर्जना गरेको पुनको भनाई छ । कार्यक्रममा पार्टिबाट निर्बाचित जनप्रतिनिधिहरुको भुमिका र कार्यहरुको बिषयमा घनिभुत छलफल तथा अन्तक्रिया गरिएको छ । छलफलमा सहभागिहरुले उठाएका प्रश्न तथा बिषयमा जनप्रतिनिधीहरुले जवाफ दिएका थिए । भेलाले पृथ्बी बहादुर पुनको अध्यक्षतामा २१ सदस्यिय वडा समिति चयन गरेको छ समितिको उपाध्यक्षमा मन बहादुर पुन,सचिबमा पुर्ण परियार, सहसचिबमा हर्क बुढाथोकी ,कोषाध्यक्षमा एमुना खत्री रहनुभएको छ  । भेलाले ५ सदस्यि सल्लाहकार समिति समेत गठन गरेको छ ।

« राजमो बरेङ ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सुरु «

» उज्यालो बालबचतमा नागरिकको चासो कम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal