उज्यालो बालबचतमा नागरिकको चासो कम
दिपेन्द्र परियार २७ फागुन २०७८ । बरेङ गाँउपालिकाले छोराछोरीमा हुने बिभेदको अन्त्य तथा बालबिबाहलाई निरुत्साहित गर्नका लागी सञ्चालन गरेको उज्यालो बाल बचत कार्यक्रम पर्ति नागरिकको चासो कम हुदै गएको पाईएको छ ।
गत आर्थिक बर्षमा कुल २० जना बालबालिका यो कार्यक्रममा समाबेश भएपनि चालु आर्थिक बर्षको ८ महिना बितिसक्दा मात्रै १० जना बालबालिका उज्यालो बाल बचत कार्यक्रममा समाबेश भएका छन ।
गाँउपालिकामा बसोबास गर्ने नागरिकबाट जन्म लिएका सबै बालबालिकाहरुको नाममा एक एक सुरक्षा कोष स्थापना गरेर लैंगिक बिभेदको अन्त्य गर्दै बालबिबाहलाई निरुत्साहित गर्ने र बालबालिकालाई उच्च शिक्षा अध्ययन गर्न सहयोग पु¥याउने उद्धेश्य सहित ल्याईएको यो महत्वकांक्षी कार्यक्रमको बिषयमा नागरिकलाई प¥याप्त प्रभाबकारी जानकारि र सुचना संप्रेसण गर्न नसक्दा कार्यक्रमपर्ति नागरिकको चासो कम भएको हो ।
हाल सम्म कुन वडा बाट कति जना बालबालिकाहरु समाबेश भए ?
वडा न १ धुल्लुबास्कोट बाट कुल —७ जना जसमध्ये बालिका ६ जना समाबेश भएका छन।
वडा न २ हुग्दिशिर बाट कुल —१० जना जसमध्ये बालिका ७ जना समाबेश भएका छन ।
वडा न ३ बाटाकाचौर बाट कुल —७ जना जसमध्ये बालिका ६ जना समाबेश भएका छन।
वडा न ४ सल्यानबाट हाल सम्म कुनै पनि बालबालिका कार्यक्रममा समाबेश भएका छैनन।
वडा न ५ सुखौरा बाट जम्मा १ जना बालक समाबेश भएका छन ।
यो कार्यक्रममा समाबेस हुनका लागी गाँउपालिकाले निर्धारण गरेका निश्चित सर्तहरु पुरा गर्नुपर्ने भएकाले झण्झटिलो तथा पालिकाले गरिदिने बचत रकम समेत थोरै भएको भन्दै नागरिकले चासो नदिने गरेको वडा न २ र ३ कि वडा सचिब सिमाना छन्त्याल पुनले बताउनु भयो । पुनका अनुसार सम्पन्न ब्यक्तिहरु कार्यक्रममा समाबेस हुन नचाहने गरेको तथा आम्दानि कमहुने परिवारका नागरिकहरुले प्रकृयामा जान झण्झट मान्ने , बित्तिय सस्था पर्ति बिश्वास नगर्ने,भुक्तानि समय समेत लामो तथा २० बर्ष सम्म बिबाह गर्न नपाईने भन्दै कार्यक्रममा समाबेश नभएका हुन ।
समयमै ब्यक्तिगत घटना दर्ता गराउने तथा नागरिकलाई फजुल खर्च घटाएर वा आम्दानी बढाएर बालबालिकाको सुनौलो भबिस्य निर्माणका लागी बचत गर्ने बानि ब्यबाहार सिकाउनका लागी कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिईएको छ । यो कार्यक्रमले बालबालिकालाई उच्च शिक्षा अध्ययन गर्न समेत महत्वपुर्ण सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनु भयो ।
उज्यालो बालबचतमा समाबेश हुने सुचक हरु यस्ता छन ः
कार्यक्रममा समाबेश हुन बिबाह गर्ने जोडिले आधारभुत शिक्षा सम्म अनिबार्य पढेको हुनुपर्ने हुन्छ ,२०७६ मंसिर २३ पछि जन्म लिएका गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित रुपमा चारपटक स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थामा सुत्केरी र ३५ दिनभित्र बिबाह दर्ता साथै बच्चाको जन्मदर्ता गराएमा मात्र उज्यालो भविष्य कार्यक्रममा समावेश हुनेछन ।
गाउँपालिकाले प्रदान गर्ने सुविधा पाउनका लागि शिशुको आमाबाबुले पनि गाउँपालिकासँगै छोरीको खातामा २० वर्षसम्म नै मासिक वा बार्षिक रुपमा रकम जम्मा गर्नुपर्नेछ। यदि छोरी २० वर्षको हुँदासम्म ८ कक्षा पास नगरेमा, २० वर्ष उमेर नपुग्दै विवाह गरेमा गाउँपालिकाले जम्मा गरिदिएको रकम फिर्ता लिने छ भने अभिबाबकले जम्मा गरिदिएको रकम उनिहरुले नै पाउने छन । छोराछोरी जुन जन्मे पनि दुई बच्चाका लागिमात्र सो सुविधा लागू हुनेछ। तेस्रो बच्चा भएपछि उज्यालो बाल बचतमा गाउँपालिकाले सहयोग नगर्ने भएकाले धेरै सन्तान वृद्धि हुनबाट समेत रोक्न सचेत गर्ने बरेङ गाँउपालिकाका अध्यक्ष शर्माकोे भनाई छ ।
« राजमो बरेङ ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सम्पन्न «
» साग्दि प्रा.बि. ः प्रबधिमैत्री बनाएर बालबालिकालाई पठनपाठन गराउने अभिबावकको सपना अधुरै »







