दर्ता. न‌: २४५/०६५/०६६

साग्दि प्रा.बि. ः प्रबधिमैत्री बनाएर बालबालिकालाई पठनपाठन गराउने अभिबावकको सपना अधुरै

दिपेन्द्र परियार २७ फागुन २०७८ । बरेङ गाँउपालिकाको वडा न ३ बाटाकाचौरको साग्दि प्राथमिक बिद्यालयमा ईन्टरनेटको अभाबमा बालबालिकाको शैक्षिक क्रियाकलाप प्रभाबित बनेको छ ।

बिद्यालयलाई प्रबिधिमैत्री बनाएर बालबालिकालाई पठनपाठन गराउन २०६९ सालमा समुदायले आर्थिक संकलन गरेर बिद्यालयका लागी आबस्यक सामाग्रीहरु उपलब्ध गराएपनि  इन्टरनेटको अभाबमा ति सामाग्रीहरुको सहि सदुपयोग गर्न नसकिएको बिद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर न्यौपानेले बताउनु भयो । “अभिबाबकबाटै संकलन गरिएको रकम बाट कम्प्युटर शिक्षकको समेत ब्यबस्था गरिएको छ, प्रधानाध्यापक न्यौपानेले भन्नुभयो, सामान्य चित्र चिनाउन,अक्षर टाईप गर्ने बाहेक नेटको अभाबमा अन्य कार्यहरु  गर्न पाईएको छैन,हामिसँग कम्प्युटरहरु त छन तर हामि तिनिहरुलाई छोपेर राख्न बाध्य छौ ” । 

बरेङ गाँउपालिकाले पालिका भित्रका सबै माध्यमिक तथा आधारभुत बिद्यालयमा ईन्टरनेटको पहुच पु¥याई सकेको छ भने  प्राथमिक बिद्यालयमा ईन्टरनेटको पहुँच पु¥याउनका लागी  चालु आर्थिक बर्षमा रु १२ हजार बिद्यालयको खातामा पठाईसकेको छ ।तर दुरी टाढा भएको भन्दै ईन्टरनेट कम्पनीले नेट जोड्न नमानेको प्र.अ.न्यौपानेको भनाई छ ।

बालबालिकाहरुलाई प्रबिधिको प्रयोग गरेर आधुनिक तरिकाले अध्ययन अध्यापन गराउनकालागी अभिबावकहरुले करिब ७ लाखको लागतमा ल्यापटप १थान,डेस्टप कम्प्युटर  ५ थान ल्यापटप फोटोकपी मेसिन ,प्रोजेक्टर लगाएतका सामाग्री सहयोग गरेका छन ।

भने अभिबावकले चन्दा संकलन गरेर १ जना कम्प्युटर शिक्षकको समेत ब्यबस्था गरिदिएका छन ।

« उज्यालो बालबचतमा नागरिकको चासो कम «

» तरकारी तथा फलफुल सम्बन्धी सिप बिकास तालिम बरेङ ४ थप्लुङमा सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal