दर्ता. न‌: २४५/०६५/०६६

तरकारी तथा फलफुल सम्बन्धी सिप बिकास तालिम बरेङ ४ थप्लुङमा सुरु

दिपेन्द्र परियार १ चैत्र २०७८ । गरिबि निबारणका लागी लघुउद्यम बिकास कार्यक्रम अन्तर्गतको तरकारी तथा फलफुल सम्बन्धी सिप बिकास तालिम  बरेङ गाँउपालिका वडा न ४ थप्लुङमा सुरु भएको छ ।

कृषकहरुलाई व्यवसायिक बनाइ कृषि उत्पादनमा वृद्धि गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।

कार्यक्रमको आज बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्धघाटन गर्नुभयो । उद्धघाटन पछि बोल्दै तालिमका सिकेको ज्ञान र सिपलाई सहि रुपले प्रयोग गरी आयआर्जन वृद्धिगर्न सहभागी हरुलाई गाँउपालिकाका अध्यक्ष शर्माले आग्रह गर्नुभयो । नेपालका अधिकांश नागरिक कृषिमा नै आत्मनिर्भर रहेकाले किसानलाई व्यावसायिक तरकारी तथा फलफुल खेतीमा आकर्षित गर्न यस्ता तालिमहरु महत्वपुर्ण रहेको शर्माको भनाई छ ।

कार्यक्रम बसन्तपुर कृषक समुह थप्लुङकी अध्यक्ष गिता खत्रीको अध्यक्षता, चन्द्र बहादुर खत्रीको स्वागत,उद्यम बिकास सहजकर्ता संयोजक सुरेन्द्र रानाको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा २७ जना उद्यमिहरुको सहभागिता रहेको छ । 

« साग्दि प्रा.बि. ः प्रबधिमैत्री बनाएर बालबालिकालाई पठनपाठन गराउने अभिबावकको सपना अधुरै «

» बरेङ गाँउपालिकामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान जारी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal