धुल्लुबाँस्कोटका दलित घरपरिवारलाई ग्यालेण्डर मशिन बितरण, आधुनिकीकरण गरिदै परम्परागत आरन ।
दिपेन्द्र परियार, धुल्लुबाँस्कोट । १५ आश्विन २०७५ । बागलुङको बरेङ गाँउपालिका अन्र्तगत वडा नं. १ धुल्लुबाँस्कोटका परम्परागत आरन व्यवसाय गर्दै आएका दलित घर परिवारलाई बिद्युतिय ग्यालेण्डर मशिन बितरण गरिएको छ । परम्परागत आरन व्यवसायलाई आधुनिकिकरण गर्नका लागि बरेङ गाँउपालिका दलित लक्षित कार्यक्रम अन्र्तगत दलित बर्गा उत्थान समितिले मशिन बितरण गरेको हो ।
आईतबार सम्पन्न कार्यक्रममा ५ थान ग्यालेडर मशिन बितरण गरिएको थियो भने नौमति बाजा संरक्षण शिर्षक अन्र्तगत ९ थान सर्ट, पाईन्ट, ईष्टकोट र टोपि सहितको पोषाक बितरण गरिएको थियो । बरेङ गाँउपालिका दलित लक्षित कार्यक्रम अन्र्तगत दलित बर्गा उत्थान समितिका संयोजक देब बहादुर सुनार र बरेङ गाँउ कार्यपालिका एवं दलित महिला सदस्य गंगा क्षेत्री सुनारको रोहबरमा रु ८० हजार लागत बराबरको सामाग्री बितरण गरिएको थियो ।
दलितहरु जाँड रक्सी, खैनी, सुर्ती सेवनमा सचेत रहनुपर्ने संयोजक सुनारले बताए । खानपान र सरसफाईमा ध्यान नदिदा पनि दलित हेपिएको सुनारको भनाई छ । सोहि अबसरमा धुल्लुबाँस्कोटका दलित घरपरिवारका चर्पी समेत निरिक्षण गरिएको थियो ।
कार्यक्रम प्रेम बहादुर परियारको अध्यक्षता, बरेङ गाँउपालिका दलित बर्गा उत्थान समितिका संयोजक देव बहादुर सुनारको प्रमुख आतिथ्यता र खड्ग बहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।
» व्यवसायिक बाख्रा पालक कृषकहरुको भेला सम्पन्न, बिज्ञ केन्द्र स्थापना गर्ने लक्ष्य । »