बरेङ गाँउपालिकामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान जारी
दिपेन्द्र परियार। १ चैत्र २०७८ ।बरेङ गाँउपालिकामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान जारी रहेको छ । (सोमबार )दोस्रो दिन पालिकाको वडा न १ धुल्लुबास्कोटमा ३ सय २७ जना,वडा न २ हुग्दिसिरमा ८ सय ३९ जना,वडा न ३ बाटाकाचौरमा ५ सय २७ जना,वडा न ४ सल्यानमा २१० जना र वडा न ५ सुखौरामा १५५ जना गरि २ हजार ५८ जना नागरिकलाई हात्तीपाईले बिरुद्धको औसधि खुवाईएको छ । हाल सम्म पालिका भित्रका कुल ९ हजार ६ सय १३ जना नागरिकले हात्तीपाईले बिरुद्धको औसधि खाएका छन ।
पालिका भित्रका सम्पुर्ण नागरिकलाई औसधि नखुवाउन्जेल यो अभियान जारी रहने बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले बताउनु भयो ।
« तरकारी तथा फलफुल सम्बन्धी सिप बिकास तालिम बरेङ ४ थप्लुङमा सुरु «
» बाख्रा पालन सम्बन्धी सिप बिकास तालिम बरेङ गाँउपालिकाको सुखौरामा सुरु »







