बाख्रा पालन सम्बन्धी सिप बिकास तालिम बरेङ गाँउपालिकाको सुखौरामा सुरु
दिपेन्द्र परियार २ चैत्र २०७८ गरिबि निबारणका लागी लघुउद्यम बिकास कार्यक्रम अन्तर्गतको बाख्रा पालन सम्बन्धी सिप बिकास तालिम बरेङ गाँउपालिका वडा न ५ सुखौरामा सुरु भएको छ ।
कृषकहरुलाई व्यवसायिक बनाइ पशु उत्पादनमा वृद्धि गराउदै कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।
कार्यक्रमको आज बरेङ गाँउपालिकाकाकी उपाध्यक्ष दिलकुमारी पुनले उद्धघाटन गर्नुभयो । उद्धघाटन पछि बोल्दै तालिमका सिकेको ज्ञान र सिपलाई सहि रुपले प्रयोग गरी आयआर्जन वृद्धिगर्न सहभागी हरुलाई गाँउपालिकाकी उपाध्यक्ष पुनले आग्रह गर्नुभयो । नेपालका अधिकांश ठाँउहरुमा पशुपालनको प्रसस्त सम्भाबना रहेपनि नागरिकलाई व्यावसायिक पशुपालन तर्फ आकर्षित गरेर उत्पादनमा जोडिन चुनौति रहेको पुनको भनाई छ । दुर दराजमा बसोबास गर्ने नागरिकलाई लक्षित गरेर सञ्चालन हुने यस्ता तालिमहरुले कृषकलाई ब्यबसायिकता तर्फ उम्मुख गराउन महत्वपुर्ण भुमिका खेल्ने पुनको भनाई छ ।
कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष अमर बहादुर सेर्पुजाले तालिम लिनुमात्रै ठुलोकुरा नहुने भन्दै सहभागिहरुले प्राप्त गर्ने सिप लाई उत्पादन सँग जोड्नुपर्ने बताउनुभयो । परम्परागत शैली छोडेर आधुनिक तरिकाले पशुपालन गर्न सके प्रसस्त आम्दानि गर्न सकिने बताउदै कृषकहरु अनुदानमुखी नभएर उत्पादनमुखि बन्नुपर्ने सेरपुर्जाको भनाई छ ।
प्रशिक्षक रोसन भण्डारीले १ हप्ता सम्म चल्ने तालिमबाट कृषकहरुले आधुनिक तरिकाले बाख्रापालन सम्बन्धी आधारभुत ज्ञान तथा सिप हासिल गर्ने बताउनु भयो ।
कार्यक्रम बरेङगाँउपालिका वडा न ५ का अध्यक्ष अमर बहादुर सेर्पुजाको अध्यक्षता, को चित्र बहादुर पुनको स्वागत,उद्यम बिकास सहजकर्ता संयोजक सुरेन्द्र रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बरेङ गाँउपालिकामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान जारी «
» गुल्मीको कालिगण्डकीमा राष्ट्रिय जनमोर्चापर्ति नागरिकको उभार »







