दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीको कालिगण्डकीमा राष्ट्रिय जनमोर्चापर्ति नागरिकको उभार

दिपेन्द्र परियार ५ चैत्र २०७८ । राजमोका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले आउने स्थानिय निर्बाचनमा राष्ट्रिय जनमोर्चाले गठबन्धनसँगै तालमेल गरेर जाने सम्भाबना रहेको बताउनु भएको छ ।

आज शनिबार सम्पन्न राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका गुल्मीको चुनाबि भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी क्षेत्रीले यस्तो बताउनु भएको हो ।

राष्ट्रिय जनमोर्चाले लिएको सहि निति कार्यक्रम र ब्याबाहरका कारण कालिगण्डकी गाँउपालिकामा राजमोको पकट बलियो हुदै गईरहेको अबस्थामा जनमोर्चापर्ति नागरिकको उभार देखेर कतिपय पार्टीका मान्छेहरु अत्तालिएको बताउनु भयो ।

कालिगण्डकी गाँउपालीकामा बिगदको स्थानिय चुनाबमा एमाले सँग तालमेल गरेको स्मरण गर्दै राजमोले एमालेलाई घात नगरेको स्पष्ट पार्नुभयो । एमाले आफ्नै कारणले बिगदको निर्बाचनमा पराजित भएको क्षेत्रीले बताउनुभयो । राष्ट्रिय जनमोर्चामा आबद्ध साथिहरु बरु एक्लै हिड्न तयार हुनुपर्ने तर गलत क्रियाकलापको सधै बिरुद्धमा खम्वा भएर उभिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपालमा राजनिति गर्ने ब्यक्तिको चेतनास्तर नउठेका कारण ब्याख्यात्मक टिप्पणीको टालो बाधेर राष्ट्रघाति एमसिसि परियोजना पास गरेको उहाँले टिप्पणी गर्नुभयो । 

राजनिति भनेको बिज्ञान र बिचार भएको बताउदै समय सापेक्ष तरिकाले पार्टि र संगठनका गतिबिधिहरु जनताको बिचमा लिएर जानुपर्ने क्षेत्रीको भनाई छ ।

नेपालका ठुलापार्टीले लिएका गलत अबधारणाले गर्दा देश र जनताले ठुलो मुल्य चुकाउन परिरहेको उहाँले बताउनु भयो । संघियता भित्राएर देशमा आर्थिक संकट भित्राएको भन्दै नेपाली जनताले देशको उन्नती प्रगतिका लागी राष्ट्रिय जनमोर्चालाई मत दिएर संघियता खारेज गर्नुपर्ने क्षेत्रीको भनाई छ । राष्ट्र र राष्ट्रियताको माया हुने सबैनेपाली जनताले देश बचाउनकालागी अबको निर्बाचनमा राजमो लाई अत्याधिक बहुमतले जिताउनु पर्नेमा क्षेत्रीको जोड छ ।

कार्यक्रममा मन्तब्य राख्दै कालीगण्डकी गाँउपालिकाका सदस्य पुर्ण बहादुर थापाले राष्ट्रियताको पक्षमा राजमो सधै अग्रपंतिमा उभिदै आएको बताउनु भयो ।राष्टिय जनमोर्चा निति सिद्धान्त र ब्याबाहारमा बिस्वार राखेर अगाडि बढ्ने पार्टि भएकोले बिकास निर्माणका झुटो आस्वासन नबाड्ने बताउनु भयो ।

अखिल नेपाल शिक्षक माहासंघ गुल्मीका सचिब किष्ण ढकालले राष्टघाति एम सिसि परियोजनाका बिरुद्ध राजमोले गरेको संघर्ष अत्यन्तै स्वागतयोग्य भएको बताउनु भयो । 

राजमो कालिगण्डकीका सदस्य पुरन बहादुर थापाले नेपालमा क्रियाशिल ठुला पार्टीहरुले बिगद देखि हालसम्म देश बेचेर खादै आईरहेको आरोप लगाउनु भयो ।

देशै भरि ठुला भनिएका पार्टीहरुले सोझासाझा जनतालाई लोभ लालच तथा झुटा आस्वासन बाडेर चुनाब जित्ने र पदको दुरुपयोग गर्ने गरेको उहाले बताउनु भयो । बिरोधिहरुले गर्ने गलत क्रियाकलापको भण्डाफोर गर्न उच्च मनोबलका साथ जनताको घरदैलोमा जान कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो  ।

प्रगशिल पत्रकार संघ गुल्मीका सचिब हरिकुमार केसीले हिजो सबैभन्दा राष्ट्रबादि र क्रान्तिकारी भन्ने माओवादि केन्द्रले राष्ट्रघाति एमसिसि  परियोजना लाई अर्थबिहिन ब्याख्यात्मक टिप्पणी सहित पास गरेर देश र जनतामाथि गद्धारी गरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा संगठनको अबस्था,अन्य पार्टिका गतिबिधि लगाएतका बिषयमा वडास्तरिय समितिका अध्यक्षहरुले रिर्पोटिङ गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले मैन बत्ती बालेर उद्धघाटन गर्नुभएको थियो भने राजमो कालिगण्डकी गाँउपालिकाका अध्यक्ष गंगा के।सी।को अध्यक्षता, राजमो उपाध्यक्ष सुर्य बहादुर क्षेत्रीको स्वागत, राजमो कालिगण्डकी गाँउपाििलकाका सचिब घनस्याम ढकालको सञ्चालनमा सम्पन्न भएको छ ।

« बाख्रा पालन सम्बन्धी सिप बिकास तालिम बरेङ गाँउपालिकाको सुखौरामा सुरु «

» मंगलापुर युवा बिकास केन्द्रको छैठौ बार्षीकोत्सबको सम्पन्न ः एभरेष्ट युवाकलब खोलाखानी प्रथम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal