बरेङ गाँउपालिकाले चैत्र २७ देखि कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षा सञ्चालन गर्ने
दिपेन्द्र परियार ६ चैत्र २०७८ ।बरेङ गाँउपालिकाले यहि चैत्र २७ देखि गाँउपालिका स्तरिय बार्षिक परिक्षा सञ्चालन गर्ने भएको छ । आईतबार सम्पन्न बरेङ गाँउपालिका शिक्षा समिति तथा लिडर बिद्यालयका प्रधानाध्यापक हरुको बैठकले कक्षा १ देखि ९ सम्मको यहि चैत्र २७ देखि बैशाख ८ गते सम्म बार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले सिकाई उपलब्धि मापन परिक्षा कक्षा ५ को नेपाली बिषय ,र कक्षा ८ को बिज्ञान बिषय यहि चैत्र १२ गते शनिबारका दिन सबै सामुदायिक माध्यमीक बिद्यालयमा परिक्षा केन्द्र रहने गरि सञ्चालन गर्ने समेत निर्णय गरेको हो ।
त्यस्तै बरेङ गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद साखाले निर्माण गरेको पञ्चबर्षीय शैक्षिक योजना ७८÷८३ स्वीकृतीका लागी गाँउकार्यपालिकामा सिफारिस गर्ने निर्णय गरिएको बरेङ गाँउपालिका शिक्षा युवा तथा खेलकुद साखा प्रमुख शुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।
« देउराली रिपाहा बाटाकाचौर सम्पन्न मोटरवाटो को अनुगमन «
» सुखौराको राईजिङ स्टार युवा कलबको प्रथम बार्षिकोत्सब समारोहको उद्धघाटन »







