राष्ट्रिय जनमोर्चा कालिगण्डकीमा लोकप्रिय बन्दै
दिपेन्द्र परियार ११ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चाका गतिबिधिहरु नेपालका अन्य पार्टिको भन्दा उत्कृष्ट र जनपक्षिय रहेको भन्दै ग्ुाल्मीको कालिगण्डकी गाँउपालिका वडा न ३ मा राष्ट्रिय जनमोर्चाको वडा कमिटि गठन भएको छ ।
राष्ट्र र राष्ट्रियता बचाउने नेपालको एकमात्रै पार्टि राष्ट्रिय जनमोर्चा भएको निस्कर्स सहित जनमोर्चालाई स्थानिय तहमा अत्याधिक बहुमतले बिजयी गराउन ग्ुाल्मीको कालिगण्डकी गाँउपालिका वडा न ३ जयखानिको बिभिन्न टोल राष्ट्रिय जनमोर्चाको वडा कमिटि मा आबद्ध भएको हो ।
त्यहाँका स्थानियको बिशेष आग्रहमा बिहिबार राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्री बिशेष उपश्थितिमा वडा न ३ जयखानीमा बसेको भेलाले बेलमाया श्रीसको अध्यक्षतामा २३ सदस्यीय राजमो वडा कमिटि गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा टंक बहादुर श्रीस,सचिब कल्पना दर्लामी,सहसचिब प्रीया बुढा,कोषाध्यक्षमा निरमाया थापा चयन हुनुभएको छ । समितिको अन्य सदस्यहरुमा तारा थापा,भक्ति थापा,रुपा थापा,ओम बहादुर श्रीस,देबि सुनार,रुद्र थापा,मिना सुनार,फुलु काउचा,प्रभादेबी थापा,केसमती थापा,लिल बहादुर बुढा,खेम बहादुर थापा,हेमु बुढा,दिपेन्द्र श्रीस,नबिन थापा,लक्षमण थापा,रहनु भएको छ भने एक स्थान रिक्त राखिएको छ ।
कालिगण्डकीमा पछिल्लो समय राष्ट्रिजनमोर्चा नागरिकमा लोकप्रीय बन्दै गईरहेको राजमो केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले बताउनुभयो ।
« सुखौराको राईजिङ स्टार युवा कलबको प्रथम बार्षिकोत्सब समारोहको उद्धघाटन «
» राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाँउपालिका वडा न ४ को स्थानिय तह चुनाबी भेला सम्पन्न »







