राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाँउपालिका वडा न ४ को स्थानिय तह चुनाबी भेला सम्पन्न
दिपेन्द्र परियार १२ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाँउपालिका वडा न ४ को स्थानिय तह चुनाबी भेला सम्पन्न भएको छ ।
शुक्रबार गुल्मीको कालिगण्डकी गाँउपालिका वडा न ४ पुर्तिघाट बजारमा सम्पन्न भेलाले सुर्य बहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय मुल चुनाब प्रचारप्रसार समिति गठन गरेको छ ।
त्यस्तै अखिल नेपाल युबक संघ कालिगण्डकी गाँउपालिका अध्यक्ष मेघराज शर्माको संयोजकत्वमा १५ सदस्यीय चुनाब प्रचार प्रसार समिति गठन गरिएको छ ।
कार्यक्रम राजमो गाँउपालीका सदस्य असोक पुनको अध्यक्षता,मेघराज शर्माको स्वागत,राजमो कालिगण्डकी गापा उपाध्यक्ष तथा वडा न ४ का अध्यक्ष शुर्य बहादुर क्षेत्री को सन्चालनमा सम्पन्न भएको थियो ।
भेलामा सहभागि प्रतिनिधिहरुलाई राजमो केन्द्रिय सदस्य रामकुमार क्षेत्री ले प्रशिक्षण दिनुभएको थियो । भने जिल्ला सदस्य पुरन थापाले मन्तब्य राख्नुभएको थियो ।
« राष्ट्रिय जनमोर्चा कालिगण्डकीमा लोकप्रिय बन्दै «
» एमसिसि जस्ता राष्ट्रघाति परियोजना राजमोले मात्रै खारेज गर्न सक्ने »







