दर्ता. न‌: २४५/०६५/०६६

एमसिसि जस्ता राष्ट्रघाति परियोजना राजमोले मात्रै खारेज गर्न सक्ने

दिपेन्द्र परियार १२ चैत्र २०७८ । राजमो केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले मुलुकलाई खोक्रो बनाउदै गएको संघियता र एमसिसि जस्ता राष्ट्रघाति परियोजना राजमोले मात्रै खारेज गर्न सक्ने बताउनु भएको छ । 

शनिबार सम्पन्न राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाँउपालिका वडा न ६ को स्थानिय तह चुनाबी भेला लाई सम्बोधन गर्दै क्षेत्रीले राष्ट्रघातिहरुलाई नेपाली जनताले छर्लङग चिनिसकेको बताउदै जनताको शक्तिले संघियता र एमसिसि जस्ता राष्ट्रघाति योजनाहरु ध्वस्त हुने बताउनु भयो । परिवर्तनशिल समय सँगै नेपाली जनताको बुझाई र दृष्टिकोणमा पनि परिवर्तन आउने क्रम जारी रहेको भन्दै राष्ट्रप्रेमी मान्छेहरु जनमोर्चामा गोलबन्द भैरहेको र त्यसको सुरुवात गुल्मीको कालिगण्डकी गाँउपालिकाबाट भएको क्षेत्रीको भनाई छ  ।

हिजो जनयुद्धको समयमा जनताले दुख पाउदा केबल राष्ट्रिय जनमोर्चा मात्रै जनताको सुरक्षाका लागी सतिसाल बनेर उभिएको प्रसङग जोड्दै हिजो जनतालाई अप्ठ्यारो पर्दा लुक्नेहरु अहिले सजिलो परिस्थितिमा जनतालाई बिभिन्न प्रलोभनमा पारेर सत्ताप्राप्तीको दाउ खेलिरहेको बताउनु भयो । राष्ट्रिय जनमोर्चाले ईतिहास देखि बर्तमान सम्म राष्ट्र, राष्ट्रियता र सोसित पिडितहरुको हक अधिकार बचाउन निरन्तर संघर्सरत रहेको प्रमाण नेपालि जनतानै भएको बताउदै देश लाई खोक्रो बनाउदै गएको संघियता,र बिदेशी मुलुकलाई भित्राउने एमसिसि जस्ता राष्ट्रघाति परियोजना राजमोले मात्रै खारेज गर्न सक्ने जिकिर गर्नुभयो । त्यसकालागी जनतालाई गिलास चिन्हमा भोट हालेर राष्ट्रिय जनमोर्चाका उमेदबारहरुलाई अत्याधिक बहुमतले बिजयी बनाउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस,नेकपा एमाले, माओबादि लगाएतका आफुलाई ठुुला राजनितिक दल बताउनेहरुले जनताको चाहना बिपरित मुलुकलाई  संघियता को दलदलमा धकेलेर देशलाई चरम आर्थिक संकटमा फसाउदै लगेकोे बताउनु भयो । 

नेपालजस्तो सानो मुलुकले संघिएता धान्न सक्दैन भनेर राजमोले पटक पटक संसद,तथा सडकबाट ठुला दलहरुलाई सचेत गराउदा पनि ठुला भनिएका दलहरुले जनताको ईच्छा बिपरित बिदेशिको ईसारामा संघिएताको घाडो भिराएको बताउदै त्यसकै कारण देशले आर्थिक भार थेग्न नसक्दा राष्ट्रघाति एम सिसि परियोजना पास गर्नै पर्ने बाध्यतामा कांग्रेस ,एमाले र माओबादी परेको बताउनु भयो ।

सत्ता र स्वार्थका लागी बिदेशि दलालहरुलाई ईतिहास देखि बर्तमान सम्म पनि देशबेचेर खानेहरुलाई नै सत्ता र सरकारमा पु¥याउनु निकै दुखद भएको भन्दै आउने तिनैतहको चुनाबबाट नेपाली जनताले राष्ट्रघातिलाई कुनैपनि हालतमा क्लीनस्वीप गर्नुपर्ने बताउनु भयो । 

भेलाले चित्र बहादुर थापाको संयोजकत्वमा ४१ सदस्यीय मुल चुनाब प्रचारप्रसार समिति गठन गरेको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका सदस्य रन बहादुर थापाको संयोजकत्वमा ५३ सदस्यीय चुनाब प्रचार प्रसार समिति गठन गरिएको छ । पुर्ण बहादुर थापाको संयोजकत्वमा ७ सदस्यिय आर्थिक समिति तथा सुवास थापाको संयोजकत्वमा २१ सदस्यिय स्वमसेवक समिति गठन गरिएको त्यहाँबाट चित्र बहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रम राजमो खड्गकोट समितिका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षता,वडा सदस्य पुर्ण बहादुर थापाको स्वागत,राजमो कालिगण्डकी गापा सदस्य रन बहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो ।

भेलामा बिभिन्न पार्टि परित्याग गरि नौमति बाजा सहित ४८ जना राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका छन । राष्ट्रिय जनमोर्चाको स्पष्ट निति कार्यक्रम देश जनता पर्तिको बफादारी बुझेर तथा अन्य पार्टिहरुले देश र जनता पर्ती गरेको गद्धारि को बदला लिन आफुहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेको उनिहरुको भनाई छ । आउने स्थानिय तहको निर्बाचनमा राजमोलाई बिजयी बनाउन आफुहरु जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने पनी सहभागिहरुले प्रतिबद्धता जनाएका छन ।

« राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाँउपालिका वडा न ४ को स्थानिय तह चुनाबी भेला सम्पन्न «

» बरेङ गाँउपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal