व्यवसायिक बाख्रा पालक कृषकहरुको भेला सम्पन्न, बिज्ञ केन्द्र स्थापना गर्ने लक्ष्य ।
दिपेन्द्र परियार, बरेङ । १६ आश्विन २०७५ । ५० वटा भन्दा बढी माउ बाख्रा रहि व्यवसायिक बाख्रा पालन गर्ने बरेङ गाँउपालिकाका कृषकहरुको भेला सम्पन्न भएको छ । पशु शेवा शाखा कार्यलय बरेङका प्रमुख नेत्र प्रसाद शर्माको संयोजनमा बरेङ बजार स्थित शाखाको शेवा कार्यलयमा सोमवार भेला सम्पन्न भएको हो ।
भेलाले वडा नं. २ का कृषक पदम जंग श्रीसको नेतृत्वमा १३ सदस्यिय गाँउपालिका स्तरिय बाख्रा पालक समुह गठन गरेको छ । जसको सचिबमा बिर बहादुर खत्री वडा नं. ४, कोषाध्यक्षमा पबि घर्ती वडा नं. २ र सदस्यहरुमा टिकाराम न्यौपाने वडा नं. ३, छत्र बहादुर खत्री वडा नं. ४, टेक बहादुर बोहोरा वडा नं. ४, डिल बहादुर पुन वडा नं. १, तम बहादुर श्रीस वडा नं. २, मदन बहादुर कार्की वडा नं. ३, यम बहादुर थापा वडा नं. १, चित्र बहादुर पुन वडा नं. ५, पदम बहादुर खत्री वडा नं. ४ र टिका बहादुर थापा वडा नं. ५ रहेका छन् ।
समुहले बाख्रा पालन सम्बन्धी बिज्ञ केन्द्रको स्थापना गर्ने तथा गण्डकी प्रदेशमा बाखं्रा पालन संबन्धी सम्पुर्ण कार्यक्रमहरु माग गर्ने लक्ष्य लिएको छ ।
« धुल्लुबाँस्कोटका दलित घरपरिवारलाई ग्यालेण्डर मशिन बितरण, आधुनिकीकरण गरिदै परम्परागत आरन । «
» तिर्थयात्री बोकेर फर्केको जिप दुर्घटना, १ को स्थिती गम्भिर । »