दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

 दिपेन्द्र परियार १४ चैत्र २०७८ । बरेङ गाँउपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम गाँउपालिकाको कार्यलय सुदालामा सम्पन्न भएको छ । आईतबार गाँउपालिकाले आर्थिक बर्ष २०७८ ÷७९ को बार्षिक कार्यक्रमको समिक्षा तथा दोस्रो चौमासीक सम्मको आयब्यय सार्बजनिक गरेको हो ।

पालिकाकाले दोस्रो चौमासिक सम्ममा ६० प्रतिशत भन्दा माथि भौतिक प्रगति हासिल गर्न सफल भएको बरेङ गाँउपालिकाका प्रमुख प्रसासकिय अधिकृत जित बहादुर रानाले बताउनु भयो ।

पालिकाले दोस्रो चौमासिकमा चालु तर्फ कुल बजेटको ४१.७८ प्रतिशत खर्च गरेको छ भने पुँजीगत बजेट तर्फ पेश्की बाहेक ३९.४७ प्रतिशत खर्च गरेको बिबरण सार्बजनिक गरको छ । 

पालिकाले सार्बजनिक गरेको बिबरण अनुसार शिक्षा तर्फ कुल बजेटको ४३.६५ प्रतिशत त्यस्तै स्वास्थ्य तर्फ ३९.९ प्रतिशत तथा सामाजिक बिकास तर्फ ४०.९३ प्रतिशत रकम खर्च गरेको छ । पालिकाको बिबरण अनुसार सबै भन्दा कम कृषी तर्फ ४.४८३ प्रतिशत प्रगति गरेको बिबरण सार्बजनिक गरेको छ ।

कार्यक्रममा बरेङ गाँउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत जित बहादुर रानाले चालु आर्थिक बर्षको योजना तथा कार्यक्रम कार्यान्वयन प्रगति प्रतिबेदन प्रश्तुत गर्दै चालु आर्थिक बर्षमा आन्तरिक आय रु २२ लाख अनुमान गरेकोमा जम्मा ९ लाख २६ हजार ८ सय २८ राजस्व संकलन भएको जानकारी गराउनु भयो ।

साखागत रिर्पोटिङको क्रममा स्वास्थ्य साखा बाट जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुन । शिक्षा तर्फको शिक्षा अधिकृत शुर्य प्रसाद शर्मा ,लेखा अधिकृत गोकुल शर्माले साखागत प्रगति बिबरण प्रश्तुत गर्नुभएको थियो ।

कर्यक्रममा सहभागीले बरेङ गाँउपालिकाले प्रदान गरेको सेवा सुबिधा ,अबलम्बन गरेको निति तथा कार्यक्रमहरुका बिषयमा राखेका जिज्ञासाको सम्बन्धित साखा प्रमुख तथा जनप्रतिनिधी हरुले जवाफ दिएका थिए । कार्यक्रमको बिषयमा शुर्य प्रसाद शर्माले प्रकास पार्नुभयो । बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता नयाँ युवा नयाँसोच नेपाल का सन्दीप थापा क्षेत्रीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

« एमसिसि जस्ता राष्ट्रघाति परियोजना राजमोले मात्रै खारेज गर्न सक्ने «

» धुल्लुबास्कोट स्वास्थ्य चौकीको उद्घाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal