दर्ता. न‌: २४५/०६५/०६६

धुल्लुबास्कोट स्वास्थ्य चौकीको उद्घाटन

दिपेन्द्र परियार १५ चैत्र २०७८ । बरेङ गाँउपालिकाको धुल्लुबास्कोट स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ ।

आज बिहान एक कार्यक्रमका बिच बरेङगाँउपालिका वडा न १ धुल्लुबास्कोट लिउवा स्थित स्वास्थ्य चौकीको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले सिलापत्र खोलेर उद्धाघटन गर्नुभएको हो ।

नेपाल सरकार को बिशेष सहयोग र बरेङ गाँउपालिकाको प्राबिधिक सहयोगमा आर्थिक बर्ष २०७७ ÷७८मा भबन निर्माणको सम्झौता भई ०७८÷७९ २ तले पक्कि १३ कोठे भबन निर्माण सम्पन्न भएको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भयो ।

चन्द्रकोट कन्ट्रक्सन कम्पनी लिमिटेड ले ५२ लाख ८० हजार ८८० पहिलो तला को लागी सम्झौता भएपनि ५० लाख ५४ हजार २ सय २५ रुपैया ६३ पैशा तथा रोयल हिमालय कन्ट्रक्सन प्रालि बुटवल ले दोस्रो तला सँगै गेट पर्खाल ५९लाख ११ हजार ६ सय ६७ रुपैयामा सम्झौता भएर  ५५ लाख २ हजार ३ सया ८४ रुपैया ७९ पैशा गरि कुल १ करोड ५५ लाख ६ सय १० रुपैया ४२ पैशाको लागतमा निर्माण सम्पन्न भएको बरेङ  गाँउपालिकाका ईन्जिनियर कृष्ण बहादुर थापाले बताउनु भयो ।

« बरेङ गाँउपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न «

» राष्ट्रिय जनमोर्चा कालीगण्डकी गापा ५ फोक्सिङ्गको चुनाबी प्रचार भेला सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal