दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चा कालीगण्डकी गापा ५ फोक्सिङ्गको चुनाबी प्रचार भेला सम्पन्न

दिपेन्द्र परियार १५ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चा कालीगण्डकी गापा ५ फोक्सिङ्ग गुल्मीको चुनाबी प्रचार भेला सम्पन्न भएको छ ।

भ्ेलालाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले संघीयताले देशमा रिण लागेको र रिण तिर्ने नाउमा एम सिसि निम्ताएर  अमेरिकालाई नेपालमा भित्राएर देशलाई असफल पार्ने गुरु योजना नेपालका ठुला भनाउदा दल हरुलेनै गरेका बताउनु भयो । 

देशलाई अफ्गानिस्तान सिरिया जस्तै बनाउने तयारिमा  नेपालका ठुला दल हरु लागीपरेको भन्दै नेपालका ठुला दलहरु र भारत अमेरिका सबै एकै ठाउमा बस्ने गरेका आरोप लगाउनु भयो ।

भेला  मिथुन बलाल को अध्यक्षता पुरन थापाको स्वागत,सचीव  गंगा सापकोटा ,को संचालन मा सम्पन्न भएको थियो । 

भेलाको उदघाटन प्रमुख अतिथि राजमो केन्द्रिय सदस्य रामकुमार क्षत्री ले गर्नु भएको थियो। बिशिस्ट अतिथि आपा उपाध्यक्ष तथा राजमो केन्द्रिय सदस्य तारा थापा क्षेत्री , बिशेश अतिथि  राजमो गुल्मी जिल्ला सदस्य पुर्ण बहादुर थापा, , गापा अध्यक्ष गंगा केसि, , अतिथि  राजमो कागापा उपाध्यक्ष तथा ४ वडाका अध्यक्ष सुर्य क्षत्री लगाएतले मन्तब्य राख्नु भएको थियो । 

भेलाले ५ जनाको निर्बाचन परिचालन समिती , आर्थिक समिती , ७१ जनाको प्रचार प्रसार समिती, , ३१ जनाको स्वयंसेवक समिति बनाएको छ ।

« धुल्लुबास्कोट स्वास्थ्य चौकीको उद्घाटन «

» सत्ता कसरी चलाउनु पर्छ भन्ने राजमोको सरकार रहेको बरेङ गाँउपालिकाबाट सिक्नु पर्ने ः ढुङगाना »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal